घोराही,नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी दाङले संगठन बिस्तार अभियानलाई तीब्रता दिएको छ ।मङ्गलवार सिद्दार्थ माबि घोराहीमा नबराज वलिको अध्यक्षतामा ३१ सदस्यीय प्रारम्भिक कमिटी निर्माण गरिएको अनेरास्ववियु जिल्ला कमिटी दाङका कार्यलय सदस्य राजन घर्ती मगरले जानकारी दिनुभयो ।
कमिटीको उपाध्यक्षमा सिमा कुवर क्षेत्री, विवेक पौडेल, सचिवमा पृति विस्वकर्मा, उप-सचिवमा कमल थापा, कोषाध्यक्षमा उमेश चौधरी रहेका छन्।
विद्यार्थीहरुलाई सम्बोधन गर्दै अनेरास्ववियु दाङका जिल्ला सह-संयाेजक कपिल बुढाथोकीले बर्तमान शिक्षाले उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले बिद्यार्थीको हकहित र शिक्षालाई गुणस्तरी बनाउन अनेरास्ववियुले निरन्तर खवरदारी गरिरहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै सचिव लक्षण गिरिले अहिले पनि विद्यार्थीहरु आवश्यक शिक्षाबाट बञ्चित भएको भन्दै उहाँले शिक्षाको विकास संगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले सङ्गठन बिस्तार अभियान सुरु गरेको बताउनुभयो।
कार्यक्रम जिल्ला कार्यल सदस्य सुसनध्वज पौडेलको स्वागत मन्तव्य बाट सुरु बएको थियो भने कार्यलय सदस्य राजन घर्ती मगरको संचालनमा समपन्न भएको थियो।

