नायक नवल खड्का अग्रपंक्तिमा हुनुहुन्छ। उहाँले देशभक्ति सम्बन्धि थुप्रै चलचित्र निर्माण गरिसक्नु भएकोछ । पछिल्लो समयमा उहाँको काँडेतार नामको चलचित्र बजारमा आउन लागिरहेको छ । काँडेतार चलचित्र नेपाल भारत सिमानामा बस्ने नेपालीले वर्षोंवर्षदेखि गरिरहेको संघर्षको कथामा आधारित छ । यो चलचित्रले देशप्रेमलाई प्राथमिकता दिएको छ । चलचित्रको विषयवस्तु सान्दर्भिक छ ।
काँडेतार चलचित्रको घोराहीमा माघ १३ गते च्यारेटी सो पनि हुँदैछ । चलचित्र हलमा प्रदर्शन हुनु अगाडी नै दर्शकहरुको सल्लाहसुझाब संकलन गर्नका लागि घोराहीमा गर्न लागिएको च्यारेटी सोका लागि नायक नवल खड्का दाङमै हुनुहुन्छ । उहाँले चलचित्रको विषयमा विद्यालय देखि राजनीतिककर्मीहरुसँग पनि छलफल गरिरहनु भएको छ । जसलाई हामीले सकारात्मकरुपमा लिएका छौं । देशभक्तिले ओतप्रोत भएको चलचित्र निर्माण गर्नेक्रममा नायक नवल खड्काले आफ्नो चलचित्र प्रदर्शन गर्नेक्रममा घोराहीलाई रोज्नु सबैका लागि राम्रो छ । हामी मुलुकको समृद्धि र विकासको चर्चापरिचर्चा गरिरहेको छौ । देशभक्ति बिनाको समृद्धि र विकासको कुनै अर्थ रहँदैन । यस मानेमा पनि नायक नवल खड्का बधाईको पात्र हुनुहुन्छ । उहाँको दाङ बसाई सार्थक बनोस्, । काँडेतार चलचित्र सफल बनोस्, शुभकामना ।




