शुशि बस्नेत / घोराही माघ ११, अहिलेको आधुनिक एवम् ब्यस्त जमानामा बालबालिकाहरुलाई सम्हाल्नु तथा उचित मार्गदर्शन दिनु सार्दै कठिन छ। तर्सथ पनि अहिलेका अभिभावकका लागि ठूलो चुनौती बनेको छ। बालबालिका पनि यति स्मार्ट बन्दै गएका छन् कि यदि उनिहरुमाथि सहि निगरानि नराख्ने हो भने गलत बाटोमा जानसक्ने सम्भावना हात्तै बढ्छ । यस्तो अबस्थामा उनिहरुको मनोविज्ञान बुझेर सोही अनुरुप व्यवहार गर्नु सचेत अभिभावकको दायित्व हो।

  • बालबालिकासगँ बढि अपेक्षा गर्नु हुदैन प्रायः अभिभावक आफ्ना अपुरा रअधुरा महत्वाकांक्षा तथा पूरा हुन नसकेका सपनाहरु आफ्ना बालबालिकालाई थुपार्दा जसले गर्दा बालबालिकालाई कुन्ठित बनाउछ र उनिहरुले आफ्ना इच्छा मार्न थाल्छन।
  • कहिलेकाही बालबालिकालाई स्वतन्त्र रुपमा आफ्ना कुरा व्यक्त गर्ने मौका दिएर उनिहरुको कुरा अभिभावकले ध्यानपुर्वक सुनिदिए उनिहरुलाई सहि दिशानिर्देश दिन सकिन्छ।
  • अरुका बालबालिकासगँ आफ्ना बालबालिकाको तुलना गर्नु हुदैन यसले बालबालिकामा बडप्पन वा त्रासको भावना पैदा हुँदै जान्छ। धेरै अंक ल्याउने विद्यार्थीसग तुलना गर्नु हुदैन हरेक बालबालिका व्यक्तिगत रुपमा फरक हुन्छन् उनिहरुको क्षमतामाथि विश्वास गरेर हौसला प्रदान गर्नु अभिभावको कर्तव्य हो।
  • बालबालिकालाई बाल्यकाल देखि नै धन्यवाद र माफिका बारेमा राम्रोसँग बुझाउनु पर्छ। घरमा आएका पाहुनालाई यथोचित सम्मान गर्न सिकाउनु पर्छ।
  • आफ्ना बालबालिकाको लागि समय निकाल्नु पर्छ। उनिहरुको माग र आवश्यकता बारेमा गम्भीर भएर सोच्नु पर्छ। बालबालिकाको दिनचर्या एवं उनिहरुको व्यक्तिगत विकासमा सामेल हुनु उनिहरुको सम्पूर्ण विकासमा सहयोग पुर्याउनु हो।
  • बालबालिकालाई रोकटोक गर्नु हुदैन उनिहरुलाईकेहि कुरा सम्झाउदा एकान्तमा प्रेमपुर्वक सम्झाउनु पर्छ। साथिभाईका अगाडि गालि गर्ने, कराउने झपार्ने गर्दा उनिहरु अटेरी हुनुको साथै उनिहरुमा अभिभावक प्रतिको प्रेम एवं सम्मान घट्दै जान्छ।
  • कुनै पारिवारिक जमघट, विवाह, व्रतबन्ध, पास्नी आदि कार्यक्रममा बालबालिकालाई सगै लानुपर्छ। यसले बालबालिकालाई सामाजिक हुन त सघाउछ ने

साथसाथै आफ्नो रीतिरिवाज एवं परम्पराका बारेमा पनि थुप्रै जानकारी प्रदान गर्छ।

  • बालबालिको मनभित्र कुनै जिज्ञासा वा प्रश्न छ भने हप्काएर चुप लगाउनु हुदैन समझदारीपूर्वक प्रश्नको उत्तर दिएर उनिहरुलाई खुशि बनाउनु पर्छ।
  • कहिलेकाही बालबालिको जिद्दीलाई पनि बुझिदिनु पर्छ। उनिहरुको जिद्दीलाई स्वभाव नसम्झी बाल सुलभताका रुपमा लिनुपर्छ जसले गर्दा उनिहरुको स्वभावमा क्रमिक रुपमा कमि आउँछ।
  • हिजोआज अभिभावक र बालबालिकाबिचको दुरी त्यति

लामो छैन साथिको जस्तो सम्बन्ध भइसकेको छ तर यसमा

एक निश्चित सिमा निर्धारण गर्नु आवश्यक हुन्छ। बालबालिकालाई जिम्मेवारी र अनुशासित बनाउन सर्वप्रथम आफु अनुशासित हुनुपर्छ ।

बालबालिकालाई आत्मनिर्भर बन्न सिकाउनु पर्छ।

बालबालिकाले बिगारेको खेलौना, भुईमा छरेका कलर, पेन्सिल छरपष्ट पारेका सामानहरु उनिहरु आफैलाई मिलाउनु दिनुपर्छ यसो गर्दा उनिहरु बाल्यकालदेखि नै आत्मनिर्भरतर्फ अग्रसर हुन्छन् ।

शुशि बस्नेत

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *