दाङ, माघ ९ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा घोराही उपमहानगरपालिका दाङकै उत्कृष्ट र प्रदेशको पाँचौँ स्थानमा कायम भएको छ ।आर्थिक वर्ष २०७९/८० को मूल्यांकनमा घोराही उपमहानगर पालिका दाङमा प्रथम र लुम्बिनी प्रदेशमा पाँचौ भएको हो । १००पुर्णाङ्कको मूल्यांकनमा घोराही उपमहानगरपालिकाले ७८ अंक पाएको छ ।

उपमहानगरलेले योजना,बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२ दशमलब ८६ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७५ दशमलब ८६ प्रतिशत, लेखांकन तथा प्रतिवेदनमा ९४ दशमलब १२ प्रतिशत,अनुगमन, मुल्यांकन तथा लेखापर क्षिणमा ५० प्रतिशत र राजस्व व्यवस्थापनमा ७३ दशमलब ५३ प्रतिशत अंक ल्याएको छ । लुम्बिनी प्रदेशमा घोराही पाँचौँ हुँदा पश्चिम नवलपरासी ८६ प्रतिशत र ९७ दशमलब ५० प्रतिशत अंक ल्याएर सिन्धुली जिल्लाको मरिण गाउँपालिका देशभरी कै प्रथम भएको छ ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *