घोराही माघ ८, सरल जिवनशैली, मिजासिलो बोली ब्यवहार तथा सबैसँग मिलनसार स्वभाव भएका रण बहादुर खड्का बिद्यार्थी हकहितमा लागिरहने नाम हो । अम्बिकेश्वरी क्याम्पसमा बिइएम सातौ सेमेस्टरमा अध्यनरत उनी पढाईसङ्गै बिद्यार्थी हकहितको काम , संगठन निमार्ण र हरेक सामाजिक काममा सक्रियता पुर्वक सहभागी हुने र जिम्मेवारी दिएको काम इमानदारीता पुर्वक पूरा गर्दछन ।

पछिल्लो समय राम्रो र सुन्दर भबिस्यको खोजिमा युरोप , अमेरिका , अस्ट्रेलिया , जाने क्रम बढिरहेको समयमा आफ्नै देश र ठाउँमा केही गर्नुपर्छ भन्ने सोच बोकेका खड्का छोटो समयमै आफुलाइ जिल्लामा नेपाल बिद्यार्थी संघको उर्जाशिल सिपाहीको रुपमा स्थापित गर्न सफल भएका छन ।
पछिल्लो समयमा बिद्यार्थी आन्दोलनमा युवाको कमि खट्किदै गइरहेको समयमा आफुलाई स्थापित गर्न सफल खड्का जिवनको पहिलो खुसिको क्षण राजनीतिक सफलतालाई लिन्छन् । जुन सफलता खड्काले गत स्ववियु चुनावमा प्राप्त गरेका थिए ।

लामो समयपछि हुन थालेको स्ववियु निर्वाचनमा उम्मेदवार हुने नहुने अथवा टिकट पाउने नपाउने निश्चित थिएन । करिब १४ बर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा आकान्क्षी धेरै थिए , त्यसैमा पनि निर्वाचन हुने नहुने पनि चर्चा धेरै भएको थियो , त्यसैमा सम्बन्ध प्राप्त क्याम्पस निर्वाचन हुने कि नहुने निश्चित थिएन । स्ववियु निर्वाचनका क्रममा भोगेको आफ्नो अनुभव सुनाउदै भन्छन् ,” पहिलो पटक निर्वाचनमा सहभागी हुँदै गर्दा मनमा उत्साह सहित डर पनि थियो । त्यसैमा सबै बिद्यार्थी संगठन बिच सम्बन्ध प्राप्त क्याम्पसमा भागबन्डा गर्ने सहमति भयो , त्यही अनुरुप हाम्रो क्याम्पस नेपाल बिद्यार्थी संघको नेतृत्वमा पर्ने हो कि नाइ त्यो पनि डर मनमा थियो । तर सबै बिद्यार्थी संघले मलाइ बिश्वास गरेर सहमतिको स्वतन्त्र बिद्यार्थी युनियनको सभापतिको रुपमा निर्वाचित गर्नु भयो ।

राजनीतिप्रती वितृष्णासङै पछिल्लो समय धेरै युवा विदेशिने क्रममा बढिरहेको छ । जसले गर्दा राजनीतिमा त्यति धेरै युवा देखिदैन थियो तर अहिले स्ववियु निर्वाचनले त्यो पूरा गरेको छ । पढाईसङ्गै , ब्यबसाय गर्नुपर्ने बाध्यताका कारण फुर्सद निकालेर संगठन बिस्तार गर्न पुग्दछन । संगठन बिस्तारका क्रममा पुर्वमा कालाकाठे र पश्चिममा हापुरेसम्म पुग्दा अग्रजबाट पाउने माया र हौसलाले आफुलाइ खुसी र उर्जाशिल बनाउने गरेको बताउछन । स्ववियु सभापतिका रुपमा आफ्ना साथीहरु र भाइ बहिनिको गुनासो र अग्रजको सल्लाह लिएर आफुले निर्णय गर्ने गरेको बताउँछन् ।

पछिल्लो समय घोराही-१४ मा बस्दै आए पनि आफ्नो बाल्यकाल ढिकपुर-५- चैनपुरमा बितेको बताउछ्न । बाल्यकाल सम्झिदै उनी भन्छन् ,” गाउँ हजुरबुबा हजुर आमा सङ्गै बस्थौ”। उनी आफ्नो जिजु बुवा बाट राजनीतिक प्रेणा लिएको बताउछन् | उनी आफ्नो हजुरबुबा नेपाली काङ्ग्रेस रोल्पाको २०४९ सालमा जिल्ला बिकाशको चुनाव जित्ने मध्येको रहेको बताउँछन् । उनी आफ्नो घरमा पहिले देखि नै राजनीति वातावरण रहेको बताउछन् ।

अहिले अम्बिकेश्वरी क्याम्पस घोराहीमा आइटी अध्यनरत खड्काको औपचारिक शिक्षा भने जन ज्योति बिधामन्दिर बाट भएको हो । तत्कालीन द्वन्द्वका कारण १ क्लास ढिकपुर स्कुलमा पढेका उनिले ५ सम्म श्री बबै बोर्डिङमा पढेका थिए । त्यसपछि ६ देखि १० सम्म जन ज्योति बिधामन्दिरमा पढेका थिए । त्यसपछि प्लस टु गोर्खा ईन्टरनेसनल पब्लिक सेकेण्डरी स्कुलबाट बिज्ञान बिषयमा पास गरेका थिए । उनी पढाइ सगै आफू हाजिर जवाफ, बादबिबादमा पनि अब्बल रहेको बताउँछन् ।

उनी आफू स्ववियु सभापति हुँदै गर्दा थुप्रै काम गरेको तथा थुप्रै काम गर्ने योजनामा रहेको बताउँछ छन । स्ववियु सभापतिका रुपमा आफ्नो क्याम्पसमा थुप्रै परिवर्तन ल्याउनु पर्ने आवश्यक रहेको तथा केही परिवर्तन गराउन सफल भएको बताउछन । आफ्नो कार्यकालको करिब ११ महिना हुँदै गर्दा आफ्नो नेतृत्वमा रहेको स्ववियुले १८ वटा कार्यक्रम गरेको उनी बताउँछन् । उनी नेतृत्वम बसेपछि गाली र ताली सहन सक्नु पर्ने बताउँछन् । अब केही दिन पछि स्ववियुले खेलकुद सप्ताह गर्न लागेको बताउँछन । स्ववियुको नेतृत्व गर्दा शिक्षा क्षेत्रलाइ नजिक बाट बुझ्न् पाएको कुरा बताउछन । धेरैले उनिलाइ बिद्यार्थी राजनीतिमा हौसला दिए पनि केहिले किन लागेको , किन उर्जाशिल समय खेर फालेको भन्ने गरेको बताउँछन् र त्यसको उत्तर उनी ” आफुलाइ सधैंव सत्य मार्गमा हिड्ने अग्रज , सधैंव माया गर्ने आदरणीय दाइहरु र सुखदुःखमा साथ दिने साथीहरू पाएको बताउने गर्छन ।”

बुबा लिलाराम खड्का र आमा हिम कुमारी खड्काका चार सन्तान मध्ये पहिलो सन्तानका रुपमा २०५७ असार २० गते उनी जन्मेका थिए । उनका बहिनी गिता खड्का , गङ्गा खड्का र जमुना खड्का रहेका छन । उनका बुवा लिलाराम खड्का सफल खाध्यन व्यावसायि तथा दाङ्ग जिल्ला उधोग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष हुन र उनिको आमा पनि किराणा तथा खाद्यान्न व्यावसायि हुन । उनी नेपाल बिद्यार्थी संघ दाङका नेता तथा अम्बिकेश्वरी क्याम्पस स्ववियुका सभापति हुन ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *