हरेक ब्यक्तिकालागि खुसि हुने कारण फरक – फरक हुन्छन्। जिवनको भागदौड एंव् प्रतिस्पर्धामा हामी यसरी अल्झिरहेका हुन्छौ कि हामी आफ्ना स-साना खुसिहरुलाई प्रवाह नै गर्दैनौ। खुसि हामी भित्र छ भन्ने हेक्का पनि छैन खुसिको खोजिमा दिनानु दिन दुखि भईरहेका छौ। भौतारी रहेका छौ ।

बिगत लाई ताजा बनाउदै तनाव ग्रसित हुँदै हामिले जानेर वा नजानेर नै रोगलाइ निमन्त्रणा दिइरहेका छौ। यस्तो अवस्था आउनु अघि हामिले आफुलाई सम्हाल्नु पर्छ। हावा पानी पोषिलो खानपान जस्तै खुसि पनि जिवनको खुराक हो। जसको अभावमा हामि जिवन जिउन असमर्थ हुन्छौ। जस्तोसुकै कामको बोझिलो परिस्थितिमा पनि अनुहारमा मुस्कानको चमक हुनु पर्छ । मुस्कुराएर खुसि देखिनु पनि जिवनको वहुमुल्य श्रृङ्गार हो । नचिनेका मान्छेलाई क्षणभरमा मित्रता कायम गर्न सक्ने अचुक उपाय हो। खुसि रहन कुनै स्टार होटेलमा बसेर कुनै चौरासि ब्यन्जनको भोजन लिनु पर्छ र अन्तर्राष्ट्रिय घुमघाममा बाहिर निस्कनु पर्छ भन्ने पनि छैन हरेक मानिसको आफ्नो आफ्नो मोडेलको जिन्दगी हुन्छ त्यसको भरमार फाइदा लिएर खुसि हुने हो फलानोको जस्तो मेरो भएन भनेर दुखि हुने होईन। स-साना कुरा र क्रियाकलाप बाट पनि खुसि ग्रहण गर्न सकिन्छ। साथि भाइ भेट्न कुनै विशेष पर्व नै कुर्नुपर्छ भन्ने छैन । हप्ता वा महिना दिनमा समय मिलाएर साथि भाईसगँ भेटघाटमा रमाउन सकिन्छ। यस्ता क्रियाकलाप गर्दा आफुलाई खुसि तुल्याउछ। कतै घुम्ने रुचि छ अथवा कुनै विशेष ठाउको भ्रमणमा जाने इच्छा छ भने लामो छुटिको पर्खाइमा अल्झिरहनु हुदैन ।


सप्ताहान्तमा छोटो दुरीको यात्रामा पनि छुट्टै प्रकारको खुसिलिन सकिन्छ । उमेर जतिसुकै होस् खुसिको मामिलामा आफुभित्रको बालापनलाई सधै सक्रिय बनाउनु पर्छ कहिलेकाहि सानातिना बदमासि पनि गर्नु पर्छ। तब मात्र जिवनको असलि खुसि प्राप्त गर्न सकिन्छ । आफ्ना रुचि एंव्र हरहरुलाई दबाएर नराखौ । डान्स, स्पोर्ट्स, पेन्टिङ, गायन आदि मध्य जे कुरामा रुचि छ थोरैभए पनि समय निकालेर आफ्नो इच्छा पूरा गरौ। यसले जिवनलाई अझ प्रिय बनाउन मदत गर्छ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *