घोराही १५ दाङ , शिक्षकले नै विद्यार्थीको उज्ज्वल भविष्यका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । शिक्षक विद्यार्थीको आदर्श हो । शिक्षकले विद्यार्थीको लागि दर्पणको काम गरेको हुन्छ । विद्यार्थी शिक्षकको छायाँ हो । शिक्षक जस्तो भयो, विद्यार्थी पनि उस्तै देखिन्छ । मुख्यतः विद्यार्थीलाई विभिन्न उपदेश दिएर नथाक्ने शिक्षकको व्यवहार र चरित्र राम्रो हुनुपर्दछ । शिक्षकले असल व्यवहार देखाउन सकेन भने विद्यार्थी पनि

व्यवहारतः असल हुन सक्तैन । शिक्षकले विद्यार्थीलाई उपदेश दिने मात्र होइन आफू पनि सोहीअनुकूल अगाडि बढ्ने र परिमार्जित हुने गर्नु पर्दछ । विद्यार्थीहरु सम्भावनाका मुहान हुन् । असल शिक्षकले मात्र विद्यार्थीमा निहित सम्भावनालाई केलाउन सक्तछ । विद्यार्थीमा विविध सम्भावनाहरु हुने गर्दछन् । शिक्षकले त्यसको खोजी गर्नु आवश्यक छ । विद्यार्थीको असफलता भन्नु नै शिक्षकको असफलता हो भन्ने कुरालाई कहिल्यै एउटा असल शिक्षकले भुल्नु हुँदैन । शिक्षक प्रशिक्षक भन्दा पनि प्रेरक बन्ने प्रयास गर्नु पर्दछ । अनिमात्र असल शिक्षक बन्न सकिन्छ । विद्यार्थीहरुप्रति नम्र हुनुका साथै अलिकति दूरीको पनि शिक्षकले ख्याल गर्नु आवश्यक हुन्छ ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *