घोराही १५ मंसिर घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित मावि रझेना दाङको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरी प्रसाद गौतम निर्विरोध चयन हुनु भएको छ । समितिको शुक्रबार विद्यालयमा बसेको बैठकले ३ वर्षे कार्यकालका लागि गौतमलाई अध्यक्षमा चयन गरेको हो । गौतम बिद्यालयको पुर्ब प्रधानाध्यापक हुनुहुन्छ ।

समितिको सदस्यहरुमा नरबहादुर राना, सुजानी सुनार, जानकी वली र हरि प्रसाद गौतम अभिभावकबाट चुनिएर आउनु भएको थियो । सो ४ जनाले मिल्क चौधरि र दिनेश अधिकारीलाई मनोनित गरेको थियो । वडा कार्यालयको तर्फवाट वडा अध्यक्ष भरतमणि अर्याल पदेन सदस्य, शिक्षक प्रतिनिधिमा दामोदर बस्नेत र सदस्य सचिवमा प्रधानाध्यापक उद्धव न्यौपाने रहनु भएको । समितिको बैठकले दिवा खाजालाई व्यवस्थित गर्न लालमणि आचार्य र निर्माण समिति तर्फ दिनेश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको प्रधानाध्यापक उद्धव न्यौपानेले जानकारी दिनु भयो ।

