दाङको सदरमुकाम घोराही जिल्लाकै बिचोबीचमा छ । पश्चिममा तुलसीपुर, उत्तरमा बंगलाचुली, दक्षिणपूर्वमा सिंगो देउखुरी उपत्यकाले घेरिएको घोराहीको भविष्य उज्जवल बनाउन तत्कालिन, अल्पकालिन अनि दिर्घकालिन योजनाहरु बनाउन सक्नुपर्छ । विशेष गरी पछिल्लो समयमा घोराहीमा विकासका सबै खाले गतिविधिहरु राम्रै तरिकाले अगाडी बढेका छन् ।

यस अवधिमा सबैले धारेहात लगाउने गरी नभएको काम भनेको फोरलेन सडक हो । यति हुँदा हुँदै पनि घोराही सबैतिरबाट घेरिएका कारण भविष्यमा पछाडी पर्छ कि भन्ने सम्भावना अनि संकेतहरु देखा पर्न थालेका छन् । जसले गर्दा घोराहीमा यतिबेला आर्थिक मन्दिरको मार जिल्लाका अन्य क्षेत्रमा भन्दा बढि परेको जस्तो देखिएको छ । सटरहरु खालिहुने क्रम पनि घोराहीमा बढि छ । तसर्थ विभिन्न कुराहरुलाई मध्यनजर गर्दै घोराहीको उज्वल भविष्य, यहाँको सबै खाले विकास अनि समृद्धिका लागि अब यहाँ बसोबास गर्ने सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न जरुरी छ । यस हिसाबले भन्नु पर्दा पनि विगत दुईदशक बढि देखि सामाजिक क्षेत्रमा क्रियाशिल भएर काम गरेको सबै खाले अनुभवहरु यस क्षेत्रको समग्र विकास अनि समृद्धिका लागि खर्चने सोच बनायकाे छु ।
विभिन्न आश राखेर हजारौ हजार युवाहरु यतिबेला विदेश छिरेका छन् । यहाँ काम गर्ने जाँगर एकप्रकारले भन्ने हो भने हराएको जस्तो देखिएको छ । तसर्थ विदेश गएका युवाहरुलाई समेत भोलिका दिनमा आफ्नो गाउँठाउँ राम्रो भएछ, हामी पनि स्वदेश फर्कनुपर्छ । अथवा यही बसेर भएपनि गाउँठाउँको लागि योगदान पु¥याउन सकिन्छ भन्ने दरिलो आत्मविश्वास पनि अब जगाउनुपर्छ ।

यी र यावत कुराहरुलाई मध्य नजर गर्दै अबका दिनमा जनताको काम प्रत्यक्षरुपमा गर्न सक्ने पदिय जिम्मेवारी वहन गरेर अगाडी बढ्ने योजनासहित समाजमा क्रियाशिल हुने सोच अगाडी बढाएको छु । एकबारको जिन्दगीलाई नाफा नोक्सानको तराजुमा नभएर समाज विकासको कर्ममा होम्ने र यस क्षेत्रको लागि केही गरेर देखाउने प्रभावकारी योजनासहित आउँदो वैशाख १ गतेबाट घोराही–दाङ बनाऔं अभियान सुरु गर्ने सबैमा जानकारी गराउँछु ।

विगतमा दाङ युवा मञ्चको संस्थापक अध्यक्ष हुँदा जसरी युवाहरुलाई सबै क्षेत्रमा परिचालन, क्रियाशिल बनाउने माहोल हामी सबैले सिर्जना गरेका थियौ त्यसरी नै घोराहीका १९ वटै वडामा त्यहाँका आवश्यकता पहिचान गर्ने, हरेक वडालाई नमूना कसरी बनाउन सकिन्छ भन्ने खाका तयार गर्ने, सम्बन्धित निकायहरुमा वडाका आवश्यकताको विषयमा पैरबी अनि दबाब दिने, घोराही बजारमा आउँदा आधुनिक शहरमा आएको अनुभूति गराउनेलगायतका सयौ गर्नैपर्ने कार्यहरुको योजनाबद्ध कामहरुको चाँगहरु बनाएर सुरु गर्न लागिएको घोराही बनाऔं अभियानमा सहयात्रा गर्नम सबैसँग अनुरोध पनि गर्दछु ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिको सदस्यसचिव, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिको सदस्य सचिव, राप्ती साहित्य परिषद्को केन्द्रीय महासचिव, जनजाति पत्रकार संघ दाङ, प्रेस चौतारी दाङ, नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षको जिम्मेवारी वहन गर्दा जिल्लाकै विकास र समृद्धिका लागि आफ्नो तर्फबाट यस अगाडी खेलेको भूमिका, सिकेको शिक्षा अनि बटुलेको सद्भावलाई अब घोराही बनाऔं अभियानका क्रममा प्रस्तुत गर्न चाहन्छु । धन्यबाद ।
सविन प्रियासन
घोराही– दाङ

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *