घोराही । दाङको घोराही -१८ मा रहेको अम्बिकेश्वरी मन्दिरमा फूलपाती भित्र्याइएको छ । बडादशैंको आज सातौँ दिनमा अम्बिकेश्वरी मन्दिरमा भब्य रुपमा फूलपाती भित्र्याइएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दाङको घोराही हिन्दु धर्मावलम्बीहरुकाे प्रमुख शक्तीपिठ अम्बिकेश्वरी मन्दिरमा आज फुलपाती भित्र्याईएको छ ।

साे टाेलीले बिहानै सप्तमीको अवसर पारेर अम्बिकेश्वरी फूलपाती चढाएर पुजापाठ गरेका थिए । आजकै दिन हिन्दु धर्मालम्वीहरुले घर घरबाट फुलपाती ल्याएर अम्बिकेश्वरी मन्दिरमा चढाउने र मन्दिरबाट फूल टिका लिएर आ आफ्नो घरमा भित्रयउने चलन रही आएको छ ।









