घोराही, २७ असोज ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन पद्मोदय क्याम्पस कमिटीद्धारा शुभकामना आदानप्रादान तथा सांस्कृतिक साझ कार्यक्रम सम्पन्न गरिएको छ । अनेरास्ववियु पद्मोदयका अध्यक्ष दिपक पाण्डेको अध्यक्षता तथा नेकपा एमाले पोलिट ब्यूरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्य एवं केन्द्रिय सदस्य मेनका पोख्रेलको विशिष्ठ आतिथ्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियार, लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष बाठा मगर, एमाले दाङका स्कुल विभाग प्रमुख विवेक श्रेष्ठले विजया दशमीको शुभकामना व्यक्त गर्नु भएको थियो । विद्यार्थी सुर्य विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नारायण न्यौपानेले गर्नु भएको थियो ।।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *