फाल्गुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन्। यसैबीच एमालेको झण्डा जलाइएको घटनाप्रति आपत्ति जनाइएको छ। झण्डा दहनलाई निन्दनीय र गलत कार्य भन्दै त्यसको विरोधमा गरिएको शान्तिपूर्ण प्रदर्शनलाई जायज ठहर गरिएको छ।

तर, विरोधकै नाममा रास्वपाको कार्यालय तोडफोड गरिएको घटनालाई पनि उत्तिकै गलत र अस्वीकार्य कार्यका रूपमा उल्लेख गरिएको छ। यस्ता गतिविधिले लोकतान्त्रिक संस्कार कमजोर बनाउने तथा चुनावी परिणाममै असर पार्न सक्ने आशंका व्यक्त गरिएको छ।

चुनावको मुखमा झण्डा जलाउने र कार्यालय तोडफोड गर्ने जस्ता घटनाले समग्र चुनावी माहोल बिगार्ने र लोकतान्त्रिक प्रक्रियालाई नै प्रभावित पार्ने भन्दै सबै राजनीतिक दल, नेता तथा कार्यकर्तालाई संयमित र जिम्मेवार ढंगले चुनावी प्रचार–प्रसार गर्न अपिल गरिएको छ।

विचार र एजेण्डामार्फत प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिँदै फाल्गुन २१ को निर्वाचन शान्तिपूर्ण, मर्यादित र लोकतान्त्रिक वातावरणमा सम्पन्न होस् भन्ने शुभकामना 

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *