दाङ । नेपाली कांग्रेसका पुर्ब महामन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य शशांक कोइरालाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अबलोकन गर्नु भएको छ । उहाँसहित कांग्रेसका प्रभाबशाली केन्द्रिय सदस्य दिपक गिरि, केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे, कांग्रेस जिल्ला सभापती शंकरप्रसाद डागि, कांग्रेसका महासमिती सदस्यद्वय किरणकिशोर घिमिरे,भुपबहादुर डागि, कांग्रेसका क्षेत्रिय सभापती भिमप्रकाश खड्काले अबलोकन गर्नु भएको हो । अबलोकनकाक्रममा अस्पतालको सेवासहित भौतिक पुर्बाधारको बिस्तारका बारेमा प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछाने, रजिस्ट्रार प्राध्यापक श्याम लम्साल, अस्पतालका निमित्त निर्देशक डा.जनार्दन पन्थिले जानकारी गराउदै कांग्रेसका पुर्ब महामन्त्री, बिपि पुत्र शशांकलाई स्वागत गर्नु भएको थियो । सो अवसरमा कोइरालाले अस्पतालको सेवा बिस्तारले जनताको स्वास्थ्य सेवामा पहुँच बिस्तार हुने बताउदै प्रतिष्ठानको अस्पताल सेवासहित भौतिक पुर्बाधार बिकासमा पुर्णरुपमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *