घोराही । भदौ महीना लाग्दै गर्दा तिजको चहलपहल ह्वात्तै बढेको छ । हरेक दिनजसो ठाँउ ठाँउमा तिजको दर खाने कार्यक्रमहरु भइरहेका छन् । विभिन्न समुह, नातेदार, स्ष्टमित्रहरुले दर खाने कार्यक्रम राखेर दिदि वहीनीहरुलाई रमाइलो गराउने काम चलिरहेका छन् । तर, आजभोलि तिजको दर खाने कार्यक्रमलाई खानपिन मात्र नभई सिकाई आदान प्रदान गर्ने थलोकोरुपमा विकास गर्न थालिएको छ ।
यसैक्रममा तिजको दर खाने कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा भदौ १ गते शनिवारका दिन विभिन्न विभागमा कार्यरत नर्सहरुलाई राखेर आमा सुरक्षा सम्वन्धी जनचेतना मुलक कार्यक्रम गरेर सचेतना फैलाईएको छ । प्रतिष्ठानका अस्पताल निमित्त निर्देशक डा. जनार्दन पन्थिले आफ्नै ब्यक्तिगत पहलमा प्रतिष्ठानका विभिन्न वार्ड, विभागमा कार्यरत नर्शहरुलाई राखेर मातृ मृत्युदर कसरी घटाउन सकीन्छ भनेर छलफल गरीएको थियो । पछिल्लो समय मातृ मृत्युदर बढ्दै गएकाले त्यसतर्फ चिन्ता ब्यक्त गर्दे स्वास्थ्यकर्मिहरुको तर्फवाट मातृ मृत्युदर कसरी घटाउन सकीन्छ भन्ने उदेश्य राखेर नर्शहरुलाई राखेर छलफल गरीएको र त्यो कार्यक्रमले सकारात्मक शन्देश फैलाउने आफुले विश्वास लिएको बताए । उनले तिजको दर खाने भनेपछी नाच्ने, गाँउने र रमाइलो गर्नेमात्र नभई सचेतनामुलक कार्यक्रम पनि गरेर शन्देश आदान प्रदान गर्न सकीन्छ भन्ने हेतुले नयाँ ढंगवाट सिर्जनात्मक कार्य गर्न यसपालि आफ्नो ब्यक्तिगत खर्चमा कार्यक्रम गरीएको बताए । ‘तिजको दर खाने भनेपछी धेरैलाई नाच्ने, गाँउने भन्ने मात्रै लाग्न सक्छ भनेर मैले ब्यक्तिगत पहल गरेर नै आमा सुरक्षा कार्यक्रमको प्रभावकारीता वारेको शन्देश नर्शहरुवाट गाँउ, छरछिमेकमा जाओस भन्ने हेतुले नै नयाँ कार्यक्रम गरेका हौ, करीव डेढ सय बढि नर्शहरुलाई एकैठाउमा राखेर पहिलोपटक नयाँ तरीकाले, अलि सिर्जनात्मक ढंगले तिजको दर खाने कार्यक्रम सम्पन्न गरेका छौ–‘निमित्त निर्देशक डा.पन्थिले भने–‘नाँचगान पनि भयो, रमाइलो पनि भयो, त्यो संगसंगै चेतनामुलक कार्यक्रम पनि भयो ।
’ स्वास्थ्य संस्थामा आउदा पनि स्वास्थ्यकर्मिको सामान्य कमिकमजोरीले पनि मातृ मृत्युदरको संख्या बढेको तथ्याङ्क आएकाले यसलाई गम्भिररुपमा शिक्षाकारुपमा लिदै आउदा दिनमा कमिकमजोरी हुन नदिई सेवामा स्वास्थ्यकर्मिको हैसियतमा हुने सुधारको अपेक्षा राखीएको पनि डा. पन्थिले बताए । कार्यक्रममा सहभागि नर्शहरुले पनि अस्पतालले सचेतना मुलक कार्यक्रम राखेर राम्रो शन्देश दिएको बताए । अभिमुखीकरण कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, नर्सिङ कलेजका प्रीन्सीपल प्रोफेसर अम्विका पौडेल, मेट्रोन शर्मिला शर्मा लगायतको उपस्थिती रहेको थियो ।

