दाङको घोराहीस्थित घोराही सिमेन्ट कारखाना नजिक रहेका लक्ष्मीपुर, गोग्ली, रामपुर, ओखरा, भैसाही, चौघेराजस्ता वस्तीहरुमा क्षयरोग र दमका विरामी ह्वात्तै बढेका छन् । स्वास्थ्य संस्थाहरुको पछिल्लो पाँच वर्षको तथ्यांकले घोराही सिमेन्ट नजिकका वस्तीहरुमा क्षयरोग र दमका विरामी दोब्बरले बृद्धि भएको पाइएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. २, ३, ४ र १७ का नागरिकमा क्षयरोग र दमको संक्रमण ह्वात्तै बढेको हो । घोराही सिमेन्ट कारखानाको पाँच सय मिटर पश्चिममा रहेको लक्ष्मीपुर स्वास्थ्य चौकीबाट औषधि सेवन गर्नेहरुको तथ्यांक हेर्दा बितेको पाँच वर्षमा ६९ महिला, ८९ पुरुष गरी कुल एक सय ५८ जनामा क्षयरोगको संक्रमण पुष्टि भएको छ ।

आर्थिक वर्ष ०७६÷७७ मा २४ जनामा क्षयरोग संक्रमण देखिएकोमा आर्थिक वर्ष ०८०÷८१ मा दोब्बर बढेर ४६ जनामा संक्रमण पुष्टि भएको लक्ष्मीपुर स्वास्थ्य चौकीका फोकलपर्सन रमेश बुढाथोकीले जानकारी दिनुभयो । खोज रफ्तारबाट साभार #ghorahicement

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *