अविरल वर्षाका कारण पहिरोले दुई बस त्रिशूली नदीमा खसेका छन्, जसका कारण ६४ जना यात्रु बेपत्ता भएका छन्।सशस्त्र प्रहरीका अनुसार, आज बिहान ३ बजे चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा ठूलो पहिरो झरी, वीरगञ्जबाट काठमाडौं जाँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन्।

वीरगञ्जबाट आएको गाडीमा २४ जना र गणपति डिलक्स बसमा करिब ४१ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ। यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ३५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २० जना परिचालन भएका छन्। मुग्लिन-नारायणगढ सडक अहिले अबरुद्ध रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

#aiimage

