घोराही , असार २५ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त निमित्त निर्देशक डा. जनार्दन पन्थिलाई स्वागत गरीएको छ । प्रतिष्ठानले आफ्नै सभाकक्षमा एक औपचारीक कार्यक्रम गरेर नव नियुक्त निमित्त निर्देशक डा. पन्थिलाई स्वागत गरेको हो । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले नव नियुक्त परीक्षाका डिन प्राध्यापक डा. दिनेश लम्साललाई र निवर्तमान निमित्त निर्देशक डा.रमेश कडेलले नव नियुक्त निमित्त निर्देशक डा. पन्थिलाई वधाई तथा सफल कार्यकालको शुभकामना दिदै खादा र टिका लगाएर अस्पतालमा स्वागत गर्नु भएको हो । कार्यक्रममा अध्यक्षता ग्रहण गर्नु भएका प्रतिष्ठानका रजिष्ट्रार लम्सालले अस्पतालको सेवामा पछिल्लो पटक धेरै नै फड्को मारेको भन्दै आगामि शैक्षिक शत्रदेखी एमविविएस कार्यक्रम सञ्चालन गर्ने गरी तयारी तिव्र पारीएको जानकारी दिनु भयो ।

उहाँले प्रतिष्ठानमा हालसालै सेवा प्रवेश गर्नु भएका २२ जना बिशेषज्ञ चिकित्सक शिक्षक र ४ जना बिशेषज्ञ नर्सिङ शिक्षकहरू थपिएर आइसकेको भन्दै प्रतिष्ठानको सेवामा उच्चतम सुधार ल्याउने कोसिस भइरहेको बताउनु भयो । अहिले एमविविएसको कार्यक्रम र ४ सय वेडको नयाँ भवन निर्माणका लागि तिव्र पहल भइरहेको बताउदै छिटोभन्दा छिटो प्रकृया पुरा गरेर घोराही १८ नवलपुरमा रहेको जग्गा अस्पतालमातहत ल्याउने गरी काम भइरहेको जानकारी दिनु भयो । नव नियुक्त अस्पताल निर्देशक डा.पन्थिले प्रतिष्ठानले विगतभन्दा अहिले धेरै स्वास्थ्य सेवामा सुधार गर्दै लगेको भन्दै आफ्नो कार्यकालमा अझै सेवा विस्तारमा ध्यान दिने बताउनु भयो । सबैको साथ, सहयोग, सल्लाह लिएर अघि बढ्ने भन्दै उहाँले प्रतिष्ठानमा अस्पताल सेवासंगै शैक्षिक गतिविधिहरु पनि अघि बढ्दै गइरहेकोमा खुसि लागेको बताउनु भयो । प्रतिष्ठानको उपचार सेवालाई चुस्तदुरुस्त बनाउन आफुले सकेजति सबै प्रयास गर्ने भन्दै डा. पन्थिले यसमा साथ सहयोग दिन अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मि, कर्मचारी सबैलाई अनुरोध गर्नु भयो । अस्पतालमा सेवा लिन आउने विरामीहरुलाई अस्पतालमा कार्यरत सानोदेखी माथिल्लो तहका सबैले मिठो वोलिवचनसहीत सेवा दिन आग्रह गर्दै अस्पतालको सेवा सुधारका निमित्त जिल्लाका सरोकारवाला पक्ष सबैसंग सल्लाह लिएर अघि बढ्ने उहाँले बताउनु भयो । त्यस्तै कार्यक्रममा वोल्दै नव नियुक्त परीक्षाका डिन प्राध्यापक डा. दिनेश लम्सालले प्रतिष्ठान सबैको साझा सम्पत्ति भएकाले सबैले आ–आफ्नो जिम्मेवारी अनुसारको दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो । संस्थालाई वलियो बनाउने कुरामा सबैले ध्यान दिनुपर्ने भन्दै त्यसका लागि सबैको सल्लाह लिएर अगाडि बढ्ने उहाँले बताउनु भयो । सो अवसरमा वोल्दै प्रतिष्ठानका निवर्तमान निमित्त निर्देशक डा. रमेश कडेलले आफुले जिम्मेवारी लिदा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै प्रतिष्ठानलाई शैक्षिक र उपचार सेवामा अब्वल बनाउदै लैजानुपर्ने धारणा राख्नु भयो । प्रतिष्ठानको सेवा पछिल्लो समय अत्यन्तै राम्रो हुँदै गएको चर्चा गर्दै नव नियुक्त निमित्त निर्देशकलाई सफल बनाउने कुरामा सबैखाले आफ्नो सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी मेट्रोन शर्मिला शर्माले गर्नु भएको थियो ।

यसैबिच नब नियुक्त निमित्त निर्देशक डा.
पन्थिले मंगलबारदेखि नै पद्भारग्रहण गर्नु भएको छ । अस्पतल प्रशासन पुगेर उहाँले जिम्मेवारी लिइ पदबहाली गर्नु भएको हो । अस्पताल प्रशासनका कर्मचारि र नर्सहरुलाई सेवा प्रवाह गर्नेक्रममा कमिकमजोरि नहुने गरि चुस्तदुरुस्तरुपमा गर्न उहाँले निर्देशन दिनु भयो । बोलिमा नम्रता देखाउन र सेवा प्रबाहमा उच्च मनोबल देखाएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *