घोरल – सामान्यतया मोक्ष भन्दा बित्तिकै मुक्ति भनेर बुझ्ने गरिन्छ । यश चराचर जगतमा तीन अनादि पदार्थ रहेका छन ती हुन् प्रकृति ; आत्मा र परमात्मा प्रकृति जड पदार्थ हो भने आत्मा र परमात्मा चेतन पदार्थ हुन् । त्यहि प्राकृतिक पञ्च तत्वयुक्त पुरुष भित्रको आत्मा चेतनतालाइ परम तत्व परमात्मा सङ्ग सन्दिपपत्र गराउनु नै मोक्ष हो ।

पूर्विय दर्शन अनुसार मानव जीवनमा चार पुरुषार्थ (धर्म ; अर्थ ; काम ; मोक्ष )प्रधान मानिएको छ जसमा सर्वोपरी पुरुषार्थ मोक्ष मानिन्छ तीन पुरुषार्थ धर्म ; अर्थ र काम यी तीन पुरुषार्थहरुको प्राप्ति पछि पनि चाहना गरिन्छ मानव चोला प्राप्ति वा जन्म पछाडि पनि मोक्षको लागि प्रयत्न नगर्नु अशान्ति र पञ्च महाभूतको दास बन्नु सरह ठहरिन्छ । मोक्ष नितान्त पूर्वीय दर्शनको निजि धारणा र सिद्धान्त हो पाश्चात्य दर्शनमा यसको कुनै महत्व त के मोक्षको कल्पना समेत गरिएको छैन छ त केवल जीवात्माको स्वर्ग र नरक गतिको किञ्चित व्याख्या पाइन्छ मोक्ष बारे पाश्चात्य बिद्वत एवं दार्शनिक जनहरु आफु केही बोल्न चाहादैनन् उनिहरुका जीव जगत र इश्वरको बारेमा गरिएका व्याख्या पनि अपूर्ण रहेका छन ।
मोक्षप्रक्षेपे धातुबाट उक्त भावमा धञ प्रत्यय लगाएर बनेको मोक्ष शब्दको पर्यायवाची शब्द मुक्ती हुन जान्छ “मुच् लृ लकारे धात्व भावे क्तिन् प्रत्यये निष्पन्नम् ” मोक्षको समसायीक भाषामा बुझिने अर्थ भनेकै मुक्ति/छुटकारा हो यो चराचर जगतमा चुम्बकले जसरी चुम्बकिय गुण मात्र पैदा नगरि संवत्: स्फुर्त चुम्बकिय धुर्व पनि निर्देश गरेको हुन्छ त्यसैगरि यश मानव चोलामा जन्मिएर मानव भएर बाचेपछि मानवताको गुण स्वभाव कर्म गन्तव्यको साथ साथै परम् तत्व आत्मालाइ परमात्मा तर्फ गन्तव्य निर्देश गर्नु भन्ने भाव अग्र ठान्नुपर्दछ । मोक्ष प्राप्तिकै निम्ति रचित वा प्राप्ती भएको यस चोलामा विशेष कर्तव्यकै उपेक्षा गर्नु जीवन व्यर्थ मात्र नभइ शान्ति र मुक्ती छोडेर तिक्तता रुपि बादलको अन्धकारमा दिशा पत्ता लगाउन नसकि भुमरिमा वस्तु घुनेर नाचे जस्तै नाचिरहनु भनेर बुझ्नु पर्दछ बोटमा फलेको फल भुइमा झर्छ नदि ओराली बग्छ वायुले तौल बढाउदै गयोभने वर्षामा परिणत हुन्छ त्यसै गरि मानव भएर जन्मिएर मोक्षको अनुशरण सम्म गरिएन भने चुम्बकीय गुण भएपनि धुर्व निर्देश नभएको सरह हुनजान्छ । फेरि नितान्त मोक्षको मात्र निर्देश गरियो भने अत्युक्ति नहुन सक्छ धर्म अर्थ काम को साथ साथै परम गति मोक्ष पनि अनुशरण गर्नु भनेर दिइएका शिक्षा बदलिदो युग समयानुसार पाच्य र ग्राह्य समेत हुन सक्छन् । मोक्ष शब्दलाई यसका पर्यायवाची शान्ति मुक्ति मात्र नभइ निर्वाण ; कैवल्य ; नि:श्रेयस् ; अमृत आदि पर्यायवाची नामले पनि चिन्तन गर्न सकिन्छ । मोक्ष/मुक्ति शब्द आफैले कतै दु:खको पूर्ण नाश त कतै शुखको पूर्णानुभुति दुबैलाइ सम्मिलित भावना बुझाइराखेको हुन्छ।
“ब्रह्मविद् ब्रह्मैव भवति” वेदको निचोड पनि यहि छ कि ब्रह्म ज्ञान यानिकि परम तत्व मोक्ष ज्ञान भएकालाइ पूर्व सशरिर भएका गरेका पापहरुले कुनै प्रभाव पार्न सक्दैन
जसरि स साना खहरे खोला नदिमा मिसिन्छन र मिसिएका नदिमै बिलय हुन्छन ती नदि पनि सब सागरमा गएर बिलय हुन्छन अनि आफ्नो पुरानो नाम र स्वरुपलाइ बिर्सन्छन त्यसरि नै ज्ञानले खारिएको व्यक्ति पनि नाम र रुप बाट बिलय भएर परम शक्तिको साथ तादात्म्य ग्रहण गर्दछन् । हृदयमा रहेका संपूर्ण चाहना कामना र वासनाका जञ्जालहरु गाठाहरु मुक्ति अवस्थामा सहजै खुल्छन त्यसपछि माकुरो आफैले बनाएको जालोमै घुमिरहेझै फेरि यहि चोला र लोकमा भौतारिन र अल्झिइरहनु पर्दैन जब मोक्षको अवस्था प्राप्ती हुन्छ त्यो अवस्थामा मृत्युले दृष्टि समेत लगाउन सक्दैन किनकि मृत्युलाइ जित्नु यानिकि कालको पनि प्रार्थनाको विषय भनेर मोक्षलाइ बुझिन्छ मोक्षको मुहूर्त स्थान अवस्था परिवेष केहिपनि परिवर्तन हुदैन कामनाहरुको परिपूर्णता साधारण रुपमा सहजै निर्मूलिकरण हुने गर्दछ मोक्ष सत्यको प्रज्वलित प्रकाश भनेर पनि विभिन्न ग्रन्थाकारहरुले व्याख्या गरेको पाइन्छ जसरि (-) र (+) तार जोडिएर बत्ति बल्छ र अध्यारो नाशिन्छ त्यसैगरि आत्मा परमात्मा सङ्ग जोडिएको खण्डमा मोक्ष ज्योति प्रज्वलित हुन्छ र सबै छर्लङ्ग हुन्छ इन्द्रिय वासना चाहना कामना भोग विलासिता रुपि अन्धकार हट्नु वा त्यसमा उज्यालो प्रवाह हुनु नै ती र त्यस्ता तत्वहरुले परिबन्धित शोषण र गुम्राहमा राख्न नसक्नु हो जब ती र त्यस्ता बन्धन रुपि जञ्जालबाट छुटकारा पाउनु नै परमात्मा प्राप्तिको अनुभुति हो । वेद को व्याख्याको रुपमा रचित ग्रन्थ उपनिषद् हरुको आधारमा एकपटक मोक्ष गति /मोक्ष पद प्राप्ति भएपछि फेरि त्यहि मोक्षको लागि पनि यत्न गरिरहनु पर्दैन जसरि एउटा मकैको बिरुवा लगाएर गोडमेल खनखोरस गरेर फुल्छ मकै फल्छ मकै पाकेर डाठ सुकेपछि फेरि पानी लगाउने गोडमेल गर्न आवस्यक हुदैन र गरेको मिहेनत पनि त्यसको लागि आवस्यक हुदैन अनि जब सागरमा मिसिन्छ अनि म खहरे खोला हु भनेर आवाज निकालेर आफुलाइ परिभाषित गरिरहनुपर्दैन त्यसैगरि मोक्ष (मुक्ति /शान्ति/परम गति) प्राप्ति पछाडि अन्य संवत: बिलय भएर नया पद युक्त बनेको परमात्मा स्वरुपमा निहित हुन पुगिन्छ । यीनै मुक्तिका प्रकार पनि फरक फरक छन त्यसको बारेमा (मोक्ष /मुक्ति)का प्रकार र दिशा दृष्टि भनेर अर्को लेखमा प्रकाश पार्नेछु । धन्यवाद ।

अन्तराष्ट्रिय स्वर्णपदक बिभूषित फलित ज्योतिषाचार्य एवं अठार पुराण वाचक पं.श्री.अमृतशरण देवाचार्य

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *