घोराही १३ बैशाख । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिने एक्सपर्ट मेसिनवाट हालसम्म ११ हजार बढि ब्यक्तिको निशुल्करुपमा क्षयरोग भए नभएको वारेमा परीक्षण गरीएको छ । २०७८ साल कार्तिक ५ गतेवाट उच्च प्रविधि जडित मेसिनवाट क्षयरोगको परीक्षण हुँदै आएको छ ।

प्रतिष्ठानका ल्याव असिस्टेन्ट शंखु चौधरीका अनुसार अहिलेसम्म ११ हजार २ सय ५६ जनामा क्षयरोग परीक्षण गरीएकोमा ९ हजार ९२ जनामा नेगेटिभ, १ हजार ५ सय ६२ जनामा सेन्सेटिभ पोजेटिभ र ३१ जनामा रेसिस्टेन्ट देखीएको छ । प्रतिष्ठानमा मेसिनवाट क्षयरोग परीक्षण हुनेहरुको यो संख्या लुम्विनि प्रदेशमै दोस्रो रहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दीए । ल्याव असिस्टेण्ट चौधरीका अनुसार गएको साउनदेखी जेठ ३ गतेसम्म ४ हजार बढिको परीक्षण गरीएको छ । जसअनुसार ३ हजार ८ सय २१ जनामा नेगेटिभ, ५ सय ९१ जनामा सेन्सेटिभ पोजेटिभ र १३ जनामा रेसिस्टेण्ट देखीएको छ । कम ब्याक्टेरीया देखीएपनि मेसिनवाट परीक्षण गर्न सकिने उनले बताए । मेसिनवाट क्षयरोग भए नभएको परीक्षण गर्दा भरपर्दो र विश्वासिलो रहेको ल्याव असीस्टेण्ट चौधरीले बताए ।

सरकारले जिने एक्सपर्टको कार्टेज समयमै पर्याप्त नदिदा समस्या हुने गरेको उनले अनुभव सुनाए । कार्टेज वाहीर किन्न पाइदैन, सरकारले आपुर्ति गरेर दिने हो, उनले भने ‘थोरै कार्टेज दिदा माग बढि छ, हप्ता दिनमै सकीन्छ, सरकारले कार्टेज पठाउदा नि थोरै पठाउने भएकाले समस्या छ, हामिलाई धेरै दिए २ सय भन्दा बढि कार्टेज दिदैनन्, अत्याधिक प्रेसर गरे ५ सय भन्दा बढि कार्टेज दिदैनन्, त्यसैले धेरै कार्टेज दिए परीक्षणको संख्या अझै बढ्छ ।

कार्टेज समयमै नआएको अबस्थामा प्रतिष्ठानमा क्षयरोग भए नभएको पत्ता लगाउन माइक्रोस्कोपवाट हेर्न सकीने ब्यवस्था पनि मिलाईएको छ ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *