दाङ बैशाख २९ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुकुम-दाङ सम्पर्क मन्चको प्रथम भेला आज घोराहीमा सम्पन्न भएको छ ।
सम्पन्न सो भेलाबाट सर्वसम्मत रुपमा सर्वसम्मत राजिमान बुढा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने सम्पर्क मञ्चको उपाध्यक्ष तेजकुमार खड्का त्यस्तै सचिवमा राजन घर्ती मगर निर्वाचित हुनुभएको छ । उपसचिवमा सुनिल गौतम र रिमा रोका मगर चुनिनु भएको छ । भेलाले १७ सदस्यीय सम्पर्क मञ्च चयन गरेको छ ।
भेला नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत र नेकपा एमाले रुकुम पस्चिमको अध्यक्ष नन्दराम देबकोटा तथा नेकपा एमाले रुकुम पुर्वको अध्यक्ष लिलामनि गौतम ले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम नेकपा एमाले रुकुम पुर्व जिल्ला कमिटी सदस्य सुसनध्वज पौडेलको अध्यक्षता तथा अनेरास्ववियु नेता राजन घर्ती मगरको स्वागत मन्तव्य बाट सुरु बएको थियो भने प्रेम प्रकाश ओलीको संचालनमा समपन्न भएको थियो।

