घोराही चैत ५ । दाङको घोराही ७ सौडियार स्थित माबी सौडियार बिद्यालयमा कुनै बेला २ हजार बिद्यार्थी रहेको बेला हाल बिद्यार्थी संख्या घटेर ५ सय ४५ रहेको छ । शिशु कक्षादेखि कक्षा ५ सम्म प्राबी तहमा एकदमै न्युन संख्यामा बिद्यार्थी अध्ययनरत छन । तर, बिद्यार्थी संख्या बढाउन सुरुवात देखि नै अहिलेको बर्तमान बिब्यस र शिक्षक अभिभाबक संघ निरन्तर लागि रहेका छन ।

बिद्यालयले बिब्यसको सहमतिमा दिइने स्थानिय ५ दिनको बिदाको सुबिधा अधिकार भएको भन्दै जसरि पनि बिदा पाउनु पर्ने माग गर्दै माबीदेखि प्राबी र पुर्ब प्राथमिक बिद्यालयका शिक्षकहरुको जोडदार माग छ । बिद्यार्थी संख्या दिनप्रतिदिन रित्तिदै गएपछि बिब्यसले स्थानिय बिदालाई बिद्यार्थी आकर्षण बढाउन थप्न निमित्त बिद्यार्थीलाई हाइकीङ लैजानेदेखि बिद्यार्थीहरु परिक्षादेखि नडराउन र निर्धक्कका साथ परिक्षामा बसेर लेख्न सकुन भन्ने उदेश्यले मासिकरुपमा स्थानिय बिदालाई सदुपयोग गरौ भन्ने प्रस्ताब गर्यो । बिब्यसको निर्णय बिपरित शिक्षकहरुको मिटिङ बसेर बिद्यालय एकाएक फागुन २७ गते बिदा गरेपछि बिब्यस अध्यक्ष र शिक्षक अभिभाबक संघका अध्यक्षले संयुक्तरुपमा प्रअदेखि सहायक प्रअ हुँदै २८ जना शिक्षक, कर्मचारीको हाजिरी रजिस्ट्रारमा रातो लगाइयो र सचेत गराईयो । बिद्यालयका शिक्षक ज्ञानेन्द्र गौतम झण्डै १० बर्ष प्रधानाध्यापकरुपमा काम गरि सक्नु भएको छ ।

बिब्यसले रातो लगाएर सचेत गराएपछि शिक्षकहरुले गुटबन्दि गरेका छन । बैशाख १८ गते अनिबार्य अबकाशमा जान लाग्नु भएका बिद्यालयका प्रअ गौतमले स्वास्थ्यको कारण देखाउदै फागुन ३० गतेदेखि पदबाट राजीनामा दिनु भएको छ भने सहायक प्रअको जिम्मेवारी सम्हालेका यमलाल रिजालले पदबाट फागुन ३० गते राजीनामा दिनु भयो । लामोसमयदेखी माबी सौडियारमा कार्यरत मोतिलाल केसिले बिद्यालयको शिक्षक प्रतिनिधीबाट राजीनामा दिनु भयो ।

अहिलेको नयाँ बिब्यस, शिक्षक अभिभाबक संघले बिद्यार्थीको शैक्षिक अबस्था अत्यन्तै कमजोर रहेकाले यसलाई सुधार गरेर जानुपर्ने मत राख्दै आएको छ ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *