घोराही २७ फाल्गुन । घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा २ मा अध्ययनरत विद्यार्थी विधुषि लामिछाने जम्मा ७ बर्षकि भइन बजारमै जन्मिइन बजार नजिकै
घोराही १८ नवलपुरमै हुर्किइन । ७ बर्षको उमेरसम्म उनले अहिलेसम्म खाना पकाउने,कपडा धुने कामदेखि अन्य घरायसि कामको बारेमा जान्ने मौका पाएकी थिइनन । तर विद्यालयल आफ्ना विद्यार्थीलाई जीवन जिउने कला र ज्ञान दिने उद्देश्यले विद्यालय परीसरमै क्लोज क्याम्पमा राखेर विभीन्न पढाई संगै घरायसि कामको अबस्था बुझ्ने अवसर मात्र प्राप्त गरेनन्, उनीहरुले घरायसि काम आफै गर्ने र आफ्नो जीवनमा के कस्ता कुराहरुको आबश्यकता हुदो रैछ भन्ने कुरा बुझ्ने मौका पाए र यो कामबाट धेरै सफलता हासिल पनि गरे । विद्यालयले कक्षा २ का विद्यार्थीहरुलाई क्लोज क्याम्पमा राख्ने निर्णय विद्यालयको आन्तरिक पाठ्यक्रममा राखेर गरेको थियो । सोहि अनुरुप कक्षा २ का विद्यार्थीहरुलाई पनि गत बर्षबाट बार्षिक रुपमा क्लोज क्याम्पमा
राख्ने निर्णय भएको हो ।
फाल्गुन २५ र २६ गते
गरिएको क्लोज क्याम्प शनिबार समापन गरिएको छ । कक्षा २ का विद्यार्थीहरुले आफुलाई आबश्यक पर्ने खानेकुरा किराना पसलबाट किनेर ल्याउने तरकारी केलाउने देखि खाना पकाउने र भाडा मिस्ने लगायतका काम आफै गर्ने गरेका छन भने चित्र बनाउन, योगा गर्ने, बोल्न सिक्ने, सरसफाई को काम गर्ने लगायतका काम पनि गर्ने गरेका छन । बुवा आमाको काखमा बसेर घरमा खाना पकाउने, कपडा धुने काम कहिले नगरेका उनीहरु बिद्यालयका शिक्षकहरुसंग बसेर सिक्न पाउदा निकै खुसि भएका छन् । विधुषि लामिछाने मात्र नभएर ८÷९ बर्षका ३४ जना विद्यार्थी क्लोज क्याम्पमा बसेका हुन । आफ्ना शिक्षक शिक्षिकाको सहयोगमा धेरै कुरा सिकेका उनीहरुले ग्रामीण जीवनको महत्वसंगै बिहानदेखि साझसम्म कसरी जीवनयापन गरिदो रहेछ भनेर सिक्ने अवसर मिलेको बताए । त्यसगरी उनीहरुले क्लोज क्याम्पले दैनकि जीवनको महत्वसंगै आफुजस्ता बालबालिकाले ग्रामीण जीवनको
परिवेशमा पारिवारिक वातावरण बाहिर बसेर कसरी पढ्दा रहेछन भनेर बुझ्ने अबसर मिलेको बताए । यसले विद्यालयमा सैद्धान्तकसंगै व्यवहारिक ज्ञान दिने गरेको अभिभावकको बसन्त लामिछानेको भनाई छ । घरबाट २ दिनको लागि क्लोज क्याम्पमा जानेभन्दा बुबाआमाले मन गर्नु भएको थिएन विद्यार्थीले भने तर आफुसंगै सरहरुले भनेको भनेपछि अभिभावकले पनि सहमति जनाएर क्लोज क्याम्पमा बासालेका हुन । अहिले ति साना बच्चाहरुले २ दिने क्लोज क्याम्प सफल भएपछि विद्यालय मात्र होइन अभिभावक पनि खुसि छन् । अहिले क्लोज क्याम्पमा रहेका विद्यार्थीहरुले बिहान ५ बजेदेखि साझ ७ बजेसम्म आफै पकाउने, अध्ययन गर्ने गरेको विद्यालयकी मन्टेश्वरी संयोजक लोचना पौडेलले बताउनुभयो ।
घोराहीको रतनपुरमा रहेको स्कुलले कक्षा ९ का विद्यार्थीहरुलाई २०७५ सालदेखि र गतबर्ष देखि कक्षा ६ का विद्यार्थीहरुलाई प्रत्येक वर्ष जीवन उपयोगी शिक्षासंगै व्यबहारिक ज्ञानको उद्देश्यले क्लोज क्याम गर्दै आएको छ । कक्षा २ का साना बच्चा भएको कारण २ दिन मात्र क्याम्पमा
राखिएको संयोजक पौडेलले बताउनुभयो । शनिबार साँझ भएको क्लोज क्याम्प समापन समारोहमा पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष तथा घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले जीवन उपयोगी शिक्षा आजको आवश्यकता भएको बताउँदै विद्यार्थीहरुलाई सबै क्षेत्रमा दक्ष बनाउनका लागि यस प्रकारको कार्यक्रम आवश्यक रहेको बताउनु भयो कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रियासनले गुरुकुलले विद्यार्थीहरुको क्षमता विकासका लागि सिर्जनशील कार्यहरु गरिरहेकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक अनन्तराज घिमिरे, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आरके सितललगायतकाले विद्यालयले आयोजना गरेको क्लोज क्याम्पले विद्यार्थीलाई आफ्नो जीवनको महत्व बारेमा बुझ्ने अवसर मिलेको बताउनु भएको थियो ।
गुरुकुल एकेडेमीका प्रिन्सीपल डा. कृष्णराज डिसीको अध्यक्षत्तामा भएको कार्यक्रममा मन्टेस्वरी संयोजक लोचना पौडेलले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षिका
रेशु राउतले गर्नुभएको थियो । क्लोज क्याम्प सफल पार्न रात दिन खटेको भन्दै बिद्यालयले क्लोज क्याम्पमा बसेका शिक्षक तथा शिक्षिकाहरुलाई सम्मान समेत गरेको थियो ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *