घोराही । नारि दिवस बिशेष
“”महिला सुरक्षा ,सम्मान र रोजगार,समृद्ध नेपालको मुल आधार””
पुरुषको तुलनामा महिलामा शहनसिलता र प्रेमको क्षमता बढि हुन्छ ।हरेक जिम्मेवारी धैर्यपुर्वक पूरा गर्न सक्नु जस्तोसुकै संकटमा पनिआफु रअरुलाई सम्हाल्न सक्नु नारीको अनौठो क्षमता हो।एकै समयमा धेरै काम गर्न सक्ने प्रतिभाशाली घर,अफिस,कार्य क्षेत्र अन्य पारिवारिक तथा सामाजिक दायित्वको बोझ बोक्न सक्ने अर्को बलियो खुबि भैपरि आउने समस्याको बारेमा योजना बनाउन सक्नु।रोग वा चुनौती हरेक कुरामा धैर्य धारण गर्न सक्ने।बोली ब्यवहारमा नम्रपन मायाँ र प्रेमको माध्यमबाट परिवारलाई एउटै शुत्रमा बाधेर राख्न सक्ने।काम प्रतिको दृढता ,जिम्मेवारी बुझेर अगाडि बढ्नु नै नारीमा भएका प्रमुख गुण हो।
पुरुषको तुलनामा नारी शारीरिक रुपमा कोमल भएपनि दुर्वल भने पक्का होइनन् तर अफसोस नारीलाई सुन्दरता ,यौन र भान्छासम्म मात्र सिमित गरिन्छ ।न कि हरेक क्षेत्रमा सबल छिन भन्नेकुराको महसुस गराईन्छ।हरेक देशमा नारी कुनै न कुनै पद बिशेषले शक्षम भएको उदाहरण नभएको होइनन् तर बिशेष गरि पितृसत्तात्मक देशहरुमा नारीको संघर्ष तिता भोगाइ कहालि लाग्दा घटनाहरूले प्राय मुटु दुखाईरहेको हुन्छ मष्तिक भारी बनाउदै हिम्मत जुटाउन नसकेर दुख र पिडालाई निल्दै बसिरहेका हुन्छन् सधै पिडामा जलेर अभावमा तड्पिदै ओठभरि ब्यहवल मुस्कानका साथ मुस्कुराइ रहेका छन् त्यसैले त नारीलाइ अवलाको संज्ञा दिइन्छ ।
झन यो दाइजो प्रथा,छाउपडि प्रथा,बोक्सीको आरोपको सधै बलत्कार जस्ता अमानविय घटनाहरुले गर्दा छोरी जन्मनुले त्रासकोण सिर्जना गर्दछ।
नारी दिवसको दिनमा बिधालय र कार्यलय बन्द गर्दैमा नारीवादको नारा लगाउदैमा नारीले विशेष सम्मान र अधिकार पाउदैनन् ।नारी शशक्तिकरणको बारेमा आवाज उठाएर आवाज सम्बन्धित निकायको कान सम्म पुगेर ठोस कदम निरन्तर चालिनु पर्छ ।त्योभन्दा पनि पहिले हरेक घरमा नारीलाई बुझिदिने परिवार हुनुपर्छ।अनि बर्षमा एकदिन मात्र नभई हरेक दिन नारी सम्मानित र स्वतन्त्र रहि पुरुषसँग काध र हात मिलाएर घर ,समाज र देश को सेवा गर्न सक्छन् ।
अन्त्यमा अन्तर्राष्ट्रिय नारी दिवसको सम्पुर्णमा शुभकामना !!!
“”

