घोराही २३ फाल्गुन ,नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी दाङले संगठन बिस्तार अभियानलाई तीब्रता दिएको छ । घोराही नगर अध्यक्ष रबि भक्त के सि को अध्यक्षता मा शहिद कृष्णशेन बहुप्रबिधिक शिक्षालाय घोराहीमा भरत रोकाको अध्यक्षतामा ३५ सदस्यीय प्रारम्भिक कमिटी निर्माण गरिएको अनेरास्ववियु घोराही उपमहानगरपालिका इन्चार्ज सबिन पोखरेलले जानकारी दिनुभयो । कमिटीको उपाध्यक्षमा सलोन अधिकारी , रिदम अधिकारी , सचिव मनकला बि क, उप-सचिवमा प्रकाश सुनार, बिनिता पुन मगर , र कोषाध्यक्षमा शुसान्त रेग्मि रहेका छन्।
विद्यार्थीहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य बिशाल चौधरी अनेरास्ववियु भनेको के र , यो किन क्याम्पस ,बिध्यालय मा संगठन बिस्तार गरिन्छ भने बिसयमा आफ्मो भनाइ राख्नु भएको थियो।
अनेरास्ववियु सल्यान जिल्ला संयाेजक बिशाल पुनले बर्तमान शिक्षाले उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले बिद्यार्थीको हकहित र शिक्षालाई गुणस्तरी बनाउन अनेरास्ववियुले निरन्तर खवरदारी गरिरहेको बताउनुभयो ।
अनेरास्ववियु दाङले दाङका सिटिभिटी द्वारा सन्चालित सबै कलेजहरुमा संगठन बिस्तार गर्ने गरि अभियान सुरु गरेको छ। उक्त कमिटीको माध्यमबाट प्राबिधिक शिक्षा लाई देश बिकासमा महत्त्वपूर्ण भुमिका खेल्न सक्ने गरि बिद्यार्थी हरुलाई प्राबिधिक रुपमा सक्षम र सबल बनाउने गरि उच्च मेहनत र अनुसासन का साथ अगाडि बढ्न प्रेरित गर्ने कार्यलय सदस्य राजन घर्ती मगरले बताउनु भयो।
त्यस्तै कार्यक्रममा बोल्दै नगर अध्यक्ष एवं संगठन बिभाग प्रमुख रबि भक्त के सिले अहिले पनि विद्यार्थीहरु आवश्यक शिक्षाबाट बञ्चित भएको भन्दै उहाँले शिक्षाको विकास संगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले सङ्गठन बिस्तार अभियान सुरु गरेकोछन ।
कार्यक्रम नगर इन्चार्ज सबिन पोखरेलले स्वागत मन्तव्य बाट सुरु बएको थियो भने जिल्ल सदस्य पुस्प सुबेदिको संचालनमा समपन्न भएको थियो।

