रोल्पा २३ फागुन ,प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिईभिटिको ३६ आँै स्थापना दिवस तथा यस रोल्पा बहुप्राविधीक शिक्षालयको सातौं वार्षिक उत्सव तथा खेलकुद सप्ताह अन्तर्गत आज समापन कार्यक्रम नि.शिक्षालय प्रमुख श्री सञ्जीब आचार्यको अध्यक्षतामा भयको छ र यस कार्यक्रमको प्रमुख अथिति रोल्पा नगर प्रमुख श्री सुरेन्द्र थापा घर्ती रहनु भयको थियो र साथै उक्त कार्यममा शिक्षालयका कर्मचारी स्थानिय बासिन्दा र बिधार्थिहरुको ब्यापक उपास्थिति रहेको थियो । उक्त समापनको अवसरमा कर्मचारीको मैत्रीपूर्ण फुटबल भयको थियो साथै उक्त कार्यकममा अवसरमा ब्याटमिन्टन र हाजिरिजबाफ प्रतियोगितमा प्रथम,दोस्रो,तृतीय स्थान हासिल गर्ने खेलाडिलाइ पुरस्कार,प्रमाणपत्र र मेडल प्रदान गरियको थियो । कार्यकमको संचालन शिक्षालयका लेखपाल श्री गंज बहादुर कवरले गर्नु भयको थियो ।

