घोराही फाल्गुन १५ । नेपाल मगर संघ जिल्ला समन्वय समिति दांगले मंगलबार घोराहीमा आयोजना गरेको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख श्री नरुलाल चौधरी ज्यूले उद्घाटन र सम्बोधन गर्नुभयो । संघका कार्यबहाक अध्यक्ष मुक्त बुढामगरको अध्यक्षतामा एवं नगर प्रमुख ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले मगर समुदायको भाषा, कला, संस्कृती संरक्षणमा नगरले चासोका साथ काम गरेको बताउनुभयो । मगर समुदायको बाहुल्यता रहेको घोराही नगर क्षेत्रमा मगर खाम भाषाको संरक्षणका लागि विद्यालयहरुमा खाम भाषा पढाईको तयारी थालेको जानकारी दिनुभयो । नगरको चौतर्फि विकासमा मगर समुदायको पनि ठूलो भूमिका रहेको चर्चा गर्नुभयो । कार्यक्रममा वडा नम्बर १४ का अध्यक्ष भानसिं बुढाले मगर संघको स्थापनाका अबसरमा शुभकामना दिदै यस समुदायको उत्थानमा सरकारले सकेको सहयोग गरेको बताउनुभयो ।

