हेमराज परिवर्तन फागुन ७, घोराही-
दाङको घोराहीमा जारी ‘लम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा सम्झौता बिना भएगरेका आर्थिक गतिविधीको भुक्तानी नहुने भएको छ । माघ २३ गतेदेखि शुरु भएको एक्सपोमा संस्थाको बिधी र कार्यादेश बेगर भएका कामको भुक्तानी माग गर्न आएमा आयोजक संस्था दाङ चेम्बर अफ कर्मस जिम्मेवार नहुने एक्सपोका मुल आयोजक समितिका संयोजक एवं संस्थाका अध्यक्ष विकास अग्रवालले बताउनुभयो ।
‘समझौता बिनाको कुनैपनि कामको दाङ चेमवरले भुकतानी दिने छैन’, उहाँले भन्नुभयो, ‘हाम्रो संस्थाको सहमति नलिएर भएका जुनसुकै कामको आर्थिक भुक्तानी दिईने छैन् ।’
‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँघर सम्म व्यवसाय विस्तार ’ भन्ने मुलनाराका साथ एक्सपो घोराही १५ झिगौरामा आज सोमबारपनि जारी रहेको छ ।
फागुन ८ गतेसम्म चल्ने एक्सपोमा एक सय ८० स्टल रहेकोमा ५० स्टल स्थानीय व्यवसाय प्रवद्र्धनका लागि दिइएको छ । एक्सपो प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई केही छुट र वृद्ध तथा शारीरिक अपांगता भएकालाई प्रवेशमा पुरै निशुल्क गरिएको आयोजकले जनाएको छ ।
साथै दैनिक चर्चित कलाकारहरुको प्रस्तुति, स्थानीय कृषि उत्पादनका बस्तुहरुको बिक्रि वितरण , विभिन खेलहरुसहितको बाल उद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरु सहितका स्टलहरुको व्यवस्थापन गरिएको छ ।।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *