घोराही, ७ चैत्र ।
महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा भोली विहान हुन लागेको निशुल्क स्वास्थ्य शिविरमा हिमाल डेन्टल केयरले निशुल्क चेकजाच तथा परामर्श गर्ने भएको छ । अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा सञ्चालन हुन लागेको स्वास्थ्य शिविरमा घोराही उपमहानगरपालिका वडा नंम्वर १५ मा रहेको हिमाल डेन्टल केयरले दन्त सेवा प्रदान गर्ने डेन्टलका सञ्चालक डेन्टल सर्जन डा. मधुसुदन शर्माले जानकारी दिनुभएको छ । सम्पूर्ण दात मुख सम्बन्धि समस्याको उपचार गर्दै आइरहेको हिमाल इन्टर केयरले क्यामस रोड, घोराही – १५ , बुद्ध हस्पिटलबाट २० मिटर उत्तरतर्फ र निमाहल चोकदेखि दक्षिणतर्फ बाट सञ्चालनमा रहेर सेवा प्रदान गर्दै आइरहेको छ।
साथै शिविरमा सेवा लिने विद्यार्थिहरुले दात मुख्य सम्बन्धी समस्याको समाधानका लागि थप उपचार गर्न परेमा विशेष छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।
क्याम्पसमा अध्ययनरत विद्यार्थिहरुको स्वास्थ्य अवस्था परिक्षण गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको शिविरमा अन्य चेक जाच पनि गरिने छ ।

