घोराही फाल्गुन १३ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले स्वास्थ्य विमाको सेवा दिए वाफत प्रतिष्ठानले पाउनुपर्ने झण्डै ७ करोड रुपैयाँ नपाएपछि सेवा दिन नसक्ने अवस्थामा पुग्न लागेको बताएका छन । रसायन तथा मेडिकल आपुर्ति संघ दाङ र नेपाल औषधि थोक ब्यवसायि संघ दाङको संयुक्त ज्ञापन पत्र बुझ्दै उपकुलपति लामीछानेले स्वास्थ्य विमाको ठुलो रकमको भुक्तानि नभएपछि अहिले अस्पताल सञ्चालन गर्न अत्यन्तै धौ–धौ अवस्था आइपुगेको बताए । प्रतिष्ठानमा चलेको सरकारी निशुल्क कार्यक्रम अन्तरगत आमा सुरक्षा कार्यक्रम, डायलाइसिस, विमाको रकम राज्यले समयमै भुक्तानि गर्न नसक्दा प्रतिष्ठान ठुलो मर्कामा परेको उनले बताए । उपकुलपती लामीछानेले राज्यले समयमै पैसा भुक्तानि गर्न नसके विमा कार्यक्रम चलाउन नसकिने ब्यहोरासहीतको पत्र विमा वोर्डलाई आजै पठाइने पनि बताए ।

औषधि ब्यवसायिहरुले औषधिजन्य बस्तुहरु उपलब्ध गराएवाफतको पैसा प्रतिष्ठानले भुक्तानि नगरेर स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने ज्ञापनपत्र मार्फत चेतावानि दिएका छन् । रसायन तथा मेडिकल आपुर्ति संघ दाङका अध्यक्ष वालकुमार घर्ति, नेपाल औषधि थोक ब्यवसायि संघ दाङका सचिव मरीचमान धितालद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा औषधि ब्यवसायिहरुले बैँकवाट ऋण ल्याई औषधिजन्य बस्तुहरु प्रतिष्ठानलाई उपलब्ध गराउदै आएकाले समयमै भुक्तानि नहुँदा बैँकको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा आइपुगेको उल्लेख छ । ज्ञापन पत्र बुझाउनेक्रममा स्टोरकातर्फवाटठ वोल्दै फर्मासिष्ट कृष्ण जोशि र लेखा अधिकृत छाया डिसिले विमाको रकम राज्यवाट नआउदा औषधि सप्लायर्सको भुक्तानिमा समस्या भएको बताउदै विमाको रकम समयमै आए ७० प्रतिशत रकम सप्लायर्सको भुक्तानि हुने बताए । नेपाल औषधि थोक ब्यवसायि संघका प्रदेश अध्यक्ष शालिकराम आचार्यले सप्लायर्सले समयमै पैसा नपाउँदा औषधि ब्यवसायिहरु संकटमा फस्दै गइरहेको बताए । उनले आफ्ना मागहरुप्रति प्रतिष्ठानलाई गम्भिर बन्न र केन्द्रमा पहल गरीदिन आग्रह गरे । सप्लायर्सले रकम नपाए आन्दोलन गर्न वाध्य हुने उनले बताए । कार्यक्रममा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलसहीत लेखा, प्रशासन र स्टोरका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *