डिसेम्बर २ स्लोभाकिया
स्लोभाकियामा बसोबास गर्ने हजारौँ नेपालीहरूले लामो समयदेखि Austria (Vienna – VIE), Poland (Krakow) वा लामो ट्रान्जिट रहने BTS–DXB–KTM मार्ग प्रयोग गर्दै नेपाल आउने–जाने गर्दै आएका छन्। यी विकल्पहरूले यात्रुहरूलाई अतिरिक्त यात्रा समय, असहज ट्रान्जिट, बढ्दो खर्च र logistical challenges जस्ता समस्यामा पार्दै आएको छ।
यिनै समस्यालाई मध्यनजर गर्दै प्रवासी नेपाली मञ्च स्लोभाकिया (Nepali in Slovakia) ले स्लोभाकियामा रहेका नेपालीहरूको लागि सहज, छोटो र भरपर्दो उडान कनेक्टिभिटी सुनिश्चित गर्न औपचारिक पहल अघि बढाएको छ।
संस्थाको निरन्तर प्रयत्नअनुसार, BTS–DXB–KTM मार्ग सुधारका लागि सम्बन्धित विमान कम्पनी तथा नेपाल–विदेशका निकायहरूसँग आवश्यक समन्वय र छलफलको प्रक्रिया सक्रिय रूपमा सञ्चालित गरिएको छ। यस अभियानले स्लोभाकियामा बसोबास गर्ने नेपालीहरूको हितका लागि साँचो योगदान पुर्याउँदै आएको संस्थाले जनाएको छ।
सदैव समुदायका लागि समर्पित संस्थाका अध्यक्ष Rudra Kisan ले यस परियोजनामा निरन्तर सहयोग, समर्थन र मार्गदर्शन प्रदान गर्दै हुनुहुन्छ। उहाँको नेतृत्वमा सुरु गरिएको यो पहलले अब छिट्टै सकारात्मक परिणाम ल्याउने आशा गरिएको छ।
नेपालबाट पनि Seven Star International Travel का Managing Director Mr. Shiva Sharma Bastola ले उक्त प्रयासलाई मजबुत समर्थन प्रदान गर्दै, नेपाली यात्रुहरूको सुविधालाई प्राथमिकता दिनेगरी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनुभएको छ।
यसका साथै, संगठनका तर्फबाट जनाइएको छ कि—
• स्लोभाकिया–नेपाल यात्रु संख्याको तथ्यांक संकलन
• विमान कम्पनीहरूका प्रतिनिधिसँग प्रत्यक्ष समन्वय
• कनेक्टिभिटी सुधारका लागि लिखित प्रस्ताव र कूटनीतिक पहल
लगायतका कामहरू निरन्तर अघि बढाइएका छन्।
प्रवासी नेपाली मञ्च स्लोभाकिया का अनुसार, आगामी दिनमा थप सहज हवाई यात्रा, कम यात्रा समय, कम लागत र न्यून ट्रान्जिटको विकल्प उपलब्ध गराउन मिल्ने विश्वास लिइएको छ।
समुदायकै हितका लागि गरिएको यो प्रयासले विदेशमा रहेका नेपालीहरूको यात्रालाई झनै सुरक्षित, सुविधाजनक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

