घोराही । दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सार्बजनिक बिदाको दिन पनि सेवा प्रबाह भएको छ । शनिबार बाहेक हरेक सार्बजनिक बिदामा सदैब बिरामिलाई प्रतिष्ठानलाई स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार सोमबार परेको कृष्ण जन्माअष्टमिका दिन ५ सय ८८ जना बिरामिले सेवा लिएका छन । जसअनुसार ओपिडि सेवा ४ सय ८४ जनाले, इमरजेन्सी सेवा ६५ जनाले लिएका छन भने ३९ जना भर्ना भएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए । इमरजेन्सी सेवा ३२ जना पुरुष र ३३ जना महिला, ओपिडि सेवा २ सय ३ जना पुरुष, २ सय ८१ जना महिला र २ सय ३१ जनाले स्वास्थ्य बिमाबाट सेवा लिएका छन । शनिबार बाहेक हरेक सार्बजनिक बिदामा नियमितरुपमा ओपिडि सेवा बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म सन्चालन हुँदै आएको छ भने शनिबार पनि अन्तरंग सेवा र इमरजेन्सि सेवा चालु रहेको अस्पतालले जनाएको छ ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *