घोराही १८ फाल्गुन ।
अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनामा जिल्ला प्रशासन कार्यालय दाङको प्राङ्गणमा बसेका किसान मोहि गूठी पीडितलाई साथ समर्थन दिदै सक्दो सहयोग गरियकाे छ।
आज मिति २०८० फाल्गुन १८ गते अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा किसान गूठी मोहि पीडितलाई साथ र एक्केबद्धता जनाएको छ। उक्त कार्यक्रममा १२ पेटि पानी, २ पिस ठूलो डस्बिन क्याम्पस कमिटीले सहयोग गरेको छ।

आफ्नो नास्ता बाट बचाएर राखेको पैसा सदुपयोग गर्दै सहयोग गरिएको थियाे ।अनेरास्ववियु केन्द्रिय सदस्य सर्जन परियारको प्रमुख आथित्यतामा भएको कार्यक्रममा दाङ जिल्ला संयोजक क. गडेश खड्का, सह संयोजक वसन्त प्र भण्डारि, कपिल बुढाथोकी, कार्यालय सचीव लक्ष्म्ण गिरि, राजन घर्ती , रबि भत्त केसि, घोराही नगर इन्चार्ज सबिन पोख्रेलको सहभागी भएको थियो।कार्यक्रमका अध्यक्ष सागर पण्डितले अनेरास्ववियुले विद्यार्थीको पक्ष मा मात्र होइन समय परिस्थिति काे माग अनुसार सामाजमा गरिव किसान,महिला भष्टचार,बेथिति बेसङ्गति र अराजकता बिरुद्ध बुलन्द आवाज उठाउदै जाने कुरा राख्नु भयकाे थियाे । सरकारले ब्यवास्था गरे अनेरास्ववियु दाङले सडक तताउने कुरा कार्यक्रमका प्रमुख अथिती सर्जन परियारले जानकारी दिनु भयकाे थियाे । अध्यक्ष सागर पण्डितले भुमीहिन सुकुम्बासी तथा बर्षाै सम्म खेतिगर्दै अायकाे जग्गा गुठिकाे नाममा माेहि दिने तेतिबेलाका तत्कालिन कर्मचारीलाई समेत छानबिनकाे दायरामा ल्याउनुपर्ने माग गरि अनेरास्ववियु महेन्द्र काे सधैसाथ रहेकाे जानकारी गराउनुभयाे। उक्त कार्यक्रम अनेरास्ववियु महेन्द्र क्याम्पस कमिटी सचिव मदन गौतमले संचालन गर्नु भएको थियो!


