घोराही ७ सौडियार स्थित मावि सौडियारमा अग्रेजि माध्यमको पढाईलाई ब्यवस्थीत गर्ने उदेश्यले आउदै गरेको सरस्वति पुजाको अवसर पारेर अग्रेजि माध्यमतर्फ प्ले गु्रप र नर्शरीमा निशुल्क भर्ना ब्यवस्था गरीएको छ । फागुन २ गते परेको सरस्वति पुजाको अवसरमा विद्यालय ब्यवस्थापन समितिले नेपालि माध्यमतर्फ इसिडिमा पनि निशुल्क भर्नाको ब्यवस्था मिलाईएको विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कँुवरले बताए । विद्यालयमा अग्रेजि माध्यमतर्फ प्ले गु्रपदेखी कक्षा ५ सम्म सञ्चालनमा रहेको र आगामि शैक्षिक शत्रमा आधारभुत तहका सबै कक्षामा अग्रेजि माध्यमको पठनपाठन सञ्चालन गर्ने उदेश्य रहेको उनले बताए । विद्यालय ब्यवस्थापन समितिको बैठकले फागुन १ गते विद्यालयको ५० औँ वार्षिकोत्सवलाई भब्य र सभ्य बनाउन सबैखाले तयारी गर्ने निर्णय गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयका शिक्षक, विद्यार्थि, कर्मचारी विचमा प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने, आफ्नो विषयमा शत प्रतिशत उत्तिर्ण गराउनुका साथै नयाँ प्रविधिलाई आत्मसात गरेर अध्यापन गर्ने उत्कृष्ट शिक्षक, नियमित विद्यालयमा आउने अभिभावक र विद्यार्थिलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै वार्षिकोत्सवको अवसरमा विद्यालयका शिक्षक तथा शिक्षीका, विद्यार्थिहको नृत्य प्रतियोगितादेखी यसपालिदेखी नजिकका निजि तथा सामुदायिक विद्यालयका विद्यार्र्थि र मावि सौडियारमा प्ले गु्रपदेखी प्लस टुसम्म अध्ययनरत विद्यार्थिलाई विज्ञान तथा शिक्षा कला प्रदर्शनि गर्ने पनि तयारी गरेको छ । बैठक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइको अध्यक्षतामा सम्पन्न भएको हो ।

