काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा दायर गरिएको मुद्दामा राहुल महरा र लोकेन्द्रकुमार पौडेलको थुनछेक बहस आज नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ ।

न्यायाधीश डण्डपाणि शर्माको इजलासमा आरोपीमध्येका महरा र पौडेलको बयान सकिएपछि आज (बिहीबार) सुरु भएको थुनछेक बहस भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ । सरकारी वकिलका साथै महराका तर्फका कानुन व्यवसायीको बहस सकिए पनि अर्का प्रतिवादी पौडेलका कानुन व्यवसायीको बहस बाँकी रहेको जिल्ला अदालतले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनाविरुद्ध स‌ंगठित अपराध र भन्सार छलीको मुद्दा दायर गरेको थियो ।

सरकारी वकिल कार्यालयले भन्सार ऐन र संगठित अपराधको कसुरमा साढे ७ वर्षको कैद सजायको माग दाबी गरेको छ ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *