घोराही / लुम्विनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्नु भएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, निमित्त निर्देशक डा. जनार्दन पन्थिले खादा, माला र टिका लगाएर प्रदेश प्रमुख घर्तिलाई स्वागत गर्नु भएको हो ।
प्रतिष्ठानका निमित्त निर्देशक डा. पन्थि र इमरजेन्सि विभागका इञ्चार्ज एमडिजिपि डा.उमाकान्त तिवारीले अस्पतालको सेवासुविधासहीत अध्ययन र अनुसन्धानमुलक काममा भइरहेका प्रगति विवरण वारे जानकारी गराउदै प्रतिष्ठानमा शैक्षिक कार्यक्रमले गति लिदै गएको बताउनु भयो । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले प्रतिष्ठानमा सेवा सुधारसहीत शैक्षिक कार्यक्रम अनुसार अहिले एमविविएस पढाउने गरी प्रतिष्ठानले आफ्नो काम गरीरहेको र सोही अनुसार प्रकृया अघि बढिरहेको जानकारी दिनु भयो । प्रदेश प्रमुख घर्तिले प्रतिष्ठानको इमरजेन्सि सेवा, मिर्गौला रोगीका बिरामीले निःशुल्क पाइरहेको हेमोडाइलासिस सेवा, एमआरआई सेवा, सिटि स्क्यान सेवा, आइसियुसहीतको सेवा विस्तारको अवलोकन गर्नु भएको थियो । अवलोकनपछि वोल्दै प्रदेश प्रमुख घर्तिले साविक राप्तीसहीत पश्चिम क्षेत्रमा प्रतिष्ठान गौरवको योजना रहेको भन्दै यस क्षेत्रलाई मेडिकल हवकोरुपमा विकास गर्न आफुले सकेको पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । घर नजिकैको स्वास्थ्य सेवा सबै मिलेर वलियो बनाउनुपर्ने भन्दै उहाँले प्रतिष्ठानको समग्र विकासका लागि बजेट लगायत अन्य स्वास्थ्यका कार्यक्रमहरु अघि बढाउन केन्द्रमा लविङ गरेर सहयोग गर्ने आश्वासन दिनु भयो ।
प्रदेश प्रमुख घर्तिले प्रतिष्ठानको अवलोकन गरेर बस्तुस्थीती बुझेर सहयोग गर्नुका साथै अस्पतालको स्तरोन्नतीमा पनि पहल गर्ने प्रतिवद्धता जनाइदिएकोमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, निमित्त निर्देशक डा. जनार्दन पन्थिले संयुक्तरुपमा उहाँलाई धन्यवाद दिनु भएको छ ।

