रोल्पा फाल्गुन १६, रोल्पा बहुप्राविधिक शिक्षालयले ७ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव संगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिईभिटिको ३६ आँै स्थापना दिवस पनि मनाएको छ ।
रोल्पा नगरपालिका १ मेबाङमा रहेको रोल्पा बहुप्राविधिक शिक्षालय आज (बुधवार) एक कार्यक्रमका बीच वार्षिकोत्सव अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । कार्यक्रममा भलिवल, फुटबल, दौड प्रतियोगिताहरु संचलन भएका थिए ।
कार्यक्रमको अध्यक्षमा बहुप्राविधिक शिक्षालयका प्रमुख बसन्त कुमार टन्डन रहनु भएको थियो । प्रमुख अतिथिमा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा रहनु भएको थियो साथै विशिष्ट अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी परमान्द घिमिरे, रोल्पा नगरपालिका निवर्तमान प्रमुख पुर्ण केसी रहनु भएको थियो ।
अतिथिहरुमा खेलकुल विकास समितिका अध्यक्ष मोलङ घर्तीमगर, प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी श्याम सारु मगर, ससत्र प्रहरी बल रोल्पाका प्रमुख बिष्णुदत्त अवस्थी रहनु भएको थियो ।
बाली विज्ञान कार्यक्रम संयोजक पवन खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षालयका लेखापाल गञ्ज बहादुर कवरले गर्नु भएको थियो साथै मैत्रीपुर्ण खेल तारा मा.वि बामरूक र रोल्पा बहुप्रबिधीक बीचको भलीबल खेल प्रमुख अथिति नगर प्रमुखले उद्घाटन गर्नु भयको थियो ।

