घोराही । रोटरी क्लब अफ दाङले शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
घोराही उपमहानगरपालिका १८ स्थित अम्बे सामुदायिक बनमा क्लबको अगुवाइमा वृक्षरोपण भएको हो। क्लबका पदाधिकारी, सदस्य, बयालडाडा चौतारी क्लब, सामुदायिक बनका उपभोक्ताहरुको उपस्थितिमा विभिन्न प्रजातिका ३ सय बिरुवा रोपिएको क्लबका अध्यक्ष प्रदिप सुबेदीले बताए । सो अवसरमा क्लबकोतर्फबाट अध्यक्ष सुबेदिले सामुदायिक बन समुहका अध्यक्ष श्रीधर भण्डारी र बयालडाडा चौतारी क्लबका अध्यक्ष नारायण भुसाललाई मायाको चिनो प्रदान गरेका थिए ।

