दाङ – रूटिन अफ घोराहीको आयोजनामा आज शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।”मेरो रगतले कसैको जिन्दगी बच्छ” भन्ने मूल नाराका साथ आज घोराहीको मार्क इन्टरनेशनल कलेजमा सम्पन्न भएको हो ।

रूटिन अफ घोराहीका निर्देशक अभिषेक बोहराको अध्यक्षता एवं घोराही बनाऊ अभियानका संयोजक सबीन प्रियाशनको प्रमुख अतिथित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कलेजका पूर्व विद्यार्थी लक्ष्मण गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजीकरण स्वस्तिमा महतराले गर्न भएको थियो ।

उक्त रक्तदान कार्यक्रममा २५ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।रूटिन अफ घोराही निर्देशक अभिषेक बोहराले सबैभन्दा ठूलो काम मानवको जीवन जोगाउने भएको बताउनु हुदै रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा,दाङले प्राविधिक रूपमा सहयोग गरेको थियो । कार्यक्रममा ड्यासमा बसेका अतिथिहरूले कार्यक्रमकाे प्रशंसा गर्दै रक्तदान जीवनकै एउटा महत्तवपूर्ण कार्यक्रम भएको बताए ।


