इन्द्रेणी इन्टरनेशनल मिडिया प्रा लि द्वारा संचालित रुटिन अफ घोराहीको देउसी भैलो कार्यक्रमको शुभारम्भ हिजो रानी केक बाट भएको छ ।

” नयाँ सोच नयाँ उमङ्गका साथ तपाईहरु सामु ” भन्ने मुल नाराका साथ कला , संस्कृति , भेषभुषा , रितिरिवाज र परम्पराको संरक्षण गर्दै सामाजिक कार्य गर्ने हेतुले रुटिन अफ घोराहीले यस बर्ष देउसी भैलो कार्यक्रम राखेको हो ।

परम्परागत देखि आधुनिक कला संस्कृतीलाई समावेश गरेर देउसी भैलो खेलीएको छ । टप्पा , कौरा, , सालैजो जस्ता मौलीक गित तथा नृत्य समावेश गरिएको छ । देउसी भैलोमा पछिल्लो समय आनुनिकीकरणको प्रभाव बढेको पाइएको छ । विशेष गरी युवायुवतीहरुको देउसी भैलोमा मौलिकपन हराउँदै जाँदा देउसी भैलोको मर्म नै मेटिने खतरा बढेको बुढापाकाको चिन्ता छ ।

देउसी भैलोमा आधुनिकीकरणको प्रभाव बढ्नु स्वाभाविक रहेपनि देउसी भैलोको खास महत्व र मर्मलाई भने हराउन दिन नहुने सर्वसाधारणले बताएका छन् । तिहारको समयमा बालबालिकादेखि किशोरकिशोरी, युवायुवतीहरु सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशिष दिने र घरधनीले दिने दान रकम लिने चलन छ ।

धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस’ भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको विश्वास गरिन्छ ।
डिजिटल युगको सूचनाको प्रमुख संवाहक बनेको यस रुटिन अफ घोराही समाजमा सकारात्मक परिवर्तन गर्ने उद्देश्यका साथ देउसी भैलो कार्यक्रम सुरुवात गरेको हो ।


