काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दशैंको शुभकामना व्यक्त गरेका छन्। शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायूको कामना गरेका छन्।

राष्ट्रपति पौडेलले बडा दशैंले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भन्ने कामना समेत गरेका छन्। उनले सन्देशमा भनेका छन्, ‘सबै नेपालीलाई आआफ्नो क्षेत्रबाट न्यायि र समानता सहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्राप्त होस् भन्ने कामना गर्दछु।

दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वत:स्फुर्त अभिव्यक्त हुन प्रचलनले यसको महत्व रहिआएको भन्दै राष्ट्रपतिले परम्परागत रुपमा हर्षोल्लासका साथ मनाइने यस्ता पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकतालाई थप सुदृढ गर्ने बताएका छन्।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *