घोराही बैशाख ५ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वितेको ८ महीनामा एक हजारबढि जेष्ठ नागरीकहरुले निशुल्क सेवा पाएका छन् । प्रतिष्ठानका निमित्त अस्पताल का.मु. अस्पताल निर्देशक डा. रमेश कँडेलले गएको साउनदेखी फागुनसम्म १ हजार ८७ जना जेष्ठ नागरीक विरामीहरुले निशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको जानकारी दिनु भयो । जसमा महीलातर्फ ६ सय ६२ जना र पुरुषतर्फ ४ सय २५ जेष्ठ नागरीकले सेवा लिएका हुन् । जेष्ठ नागरीकको उपचारको लागि १३ लाख २९ हजार ९ सय ७८ रुपैँया खर्च भएको छ । रगत, एक्सरे सहीत रोगको डाइग्नोसिस गर्न निश्चित उपचारमा शत प्रतिशत जेष्ठ नागरीकलाई छुट दिने पनि गरीएको छ । जेष्ठ नागरीकहरुको उपचारको सहजताका लागि धेरै सुधारको काम भइरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले बताउनु भयो । प्रतिष्ठानमा टोकन प्रणालिदेखी जेष्ठ नागरीकमैत्रि हुने गरी उपचार सेवा प्रभावकारी बनाईएको पनि उहाँले बताउनु भयो ।
उपचार पाउने जेष्ठ नागरीकहरुमा नयाँ ५ सय ६५ र पुरानो फलोअप ५ सय २२ जना रहेको कामु निर्देशक कँडेलले जानकारी दिनु भयो । प्रतिष्ठानले दिएको जानकारी अनुसार साउनमा ९५ जना महीला र ४० जना पुरुष गरेर १ सय ३५ जना जेष्ठ नागरीकले सेवा लिएका छन् । जसमा नयाँ ५० जना र पुराना ८५ जना जेष्ठ नागरीकको उपचारका लागि १ लाख ३९ हजार १ सय ६० रुपैँया खर्च भएको छ । त्यस्तै भदौमा महीला ९० र पुरुष ४० जना गरेर १ सय ३० जना जेष्ठ नागरीकले नि:शुल्क सेवा लिएका छन् । नयाँ ५० जना र पुराना फलोअप ८० जना जेष्ठ नागरीकको उपचारको लागि १ लाख ५० हजार ४ सय ४८ रुपैँयाँ खर्च भएको छ । त्यसैगरेर असोज महीनामा महीला ६४ र पुरुष ७९ जना गरेर १ सय ४३ जनाले उपचार पाएका छन् । जसमा नयाँ ९७ जना र पुरानो ४६ जनाको उपचारको लागि १ लाख ८५ हजार २ सय ५० रुपैँया खर्च भएको छ, भने कार्तिक महीनामा महीला ५४ जना र पुरुष ३९ जना गरेर ९३ जना जेष्ठ नागरीकको उपचार गरीएको छ । नयाँ ६१ जना र पुराना ३२ जनाको उपचारको लागि १ लाख १२ हजार ४ सय रुपैँया खर्च भएको छ । मंसिर महीनामा महीला ७५ जना र पुरुष ४५ जना गरेर १ सय २० जनाले सेवा पाएका छन् । जसमा नयाँ ६५ जना र पुरानो ५५ जनाको उपचारको लागी १ लाख ५२ हजार ६ सय रुपैँया खर्च भएको छ । यस्तै पौष महीनामा महीला ७९ जना र पुरुष ६१ जना गरेर १ सय ४० जना जेष्ठ नागरीकहरुको प्रतिष्ठानमा उपचार भएको छ । जसमा नयाँ ९७ जना र पुराना ४३ जनाको उपचारका लागि १ लाख ९६ हजार २ सय १० रुपैँया खर्च भएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताउनु भयो ।

प्रतिष्ठानका अनुसार माघ महीनामा महीला ८२ जना र पुरुष ६६ जना गरेर १ सय ४८ जना जेष्ठ नागरीकले उपचार प्राप्त गरेका छन् । जसमध्ये नयाँ ६५ जना र पुराना ८३ जनाको उपचारको लागि १ लाख ८३ हजार ४ सय ६० रुपैँया खर्च भएको छ । त्यसैगरेर फागुनमा महीला ७० जना र पुरुष १ सय ८ जना गरेर १ सय ७८ जनाले सेवा पाएका छन् । नयाँ ८० जना र पुरानो ९८ जनाको उपचारको लागी २ लाख १० हजार ४ सय ५० रुपैँया खर्च भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले प्रतिष्ठानले न्युन बजेटमा पनि धेरै धेरै संख्यामा जेष्ठ नागरीकहरुको निशुल्क उपचार गरीरहेको बताउनु भयो । सरकारले केन्द्रवाट पठाइदिने बजेटले मात्र उपचार खर्च नधान्ने कारण प्रतिष्ठानले आफ्नो तर्फवाट पनि खर्च गरेर जेष्ठ नागरीकलाई उपचार सेवा दिएको भन्दै छुट्याइएको बजेट भन्दा पनि धेरै खर्च शोध भर्नाका लागि मन्त्रालयसँग अनुरोध गर्ने बताउनु भयो । जेष्ठ नागरीक रोग विशेषज्ञ डा. रमेश कडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मि र नर्सको ब्यवस्था गरेर प्रतिष्ठानले सो सेवालाई प्रभावकारी वनाउदै लगेको छ । प्रतिष्ठानले ओ.पी.डी. सहीत १२ वेडको जेष्ठ नागरीक वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक लम्सालले जानकारी दिनु भयो ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *