दाङ, फागुन २९-

रक्सीले मातेका एक चालकले दाङको घोराहीमा आफूले चलाइरहेको कार पुलबाट तल खसालेका छन्। घोराही लमही सडक खण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार तल खसेको थियो।

दुर्घटनामा कार चालक ललितपुर महानगरपालिका १५ बस्ने ४२ वर्षीय उज्ज्वल केसी घाइते भएका छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले कार अनियन्त्रित भएर पुलबाट खसेको बताए। उनका अनुसार चालक केसीको निधार र छातीमा चोट लागेको छ।

उनको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कारमा केसी एक्लै रहेको प्रहरीले जनाएको छ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *