सविन प्रियासन – बैशाख १० दाङ
दाङ लुम्बिनी प्रदेशको राजधानी भएको जिल्ला हो । तर दुःखका साथ भन्नुपर्छ, अहिलेसम्म दाङ हवाई यातायात बिहीन छ । २०११ सालमा निर्माण भएको टरिगाउँ विमानकस्थल अहिलेसम्म अल्पत्र छ । विभिन्न प्राविधिक कारण देखाउँदै टरिगाउँ विमानस्थललाई अहिलेसम्म स्तरबृद्धि गर्ने तर्फ सरकारले ध्यान दिएन । दाङमा एउटा एयरपोर्ट आवश्यक छ । टरिगाउँ विमानस्थललाई छिटो भन्दा छिटो धाबनमार्ग बिस्तार गरी ७२ सिटे विमान बसाउने हैसियतमा पुराउनुपर्छ । यदि त्यहाँ हुँदैन भने अब दाङको जुनसुकै कुनामा भएपनि एयरपोर्ट बनाउनुपर्छ ।
टरिगाउँ विमानस्थलमा जिकज्याकको अवस्था रहेपछि केही वर्ष अगाडी दाङको नारायणपुर क्षेत्रमा विमानस्थल बनाउनका लागि केही पहलकदमि राज्यकै तर्फबाट अगाडी बढाइएको थियो । क्षेत्रीयस्तरको विमानस्थल बनाउने गरी सरकारले अध्ययनका लागि बजेट छुट्याएर अध्ययन समेत भएको हो । नेपाल उड्ययन प्राधिकरणको प्राविधिक टोली खटिएर अध्ययनको काम केही वर्ष अगाडी गरेको थियो । उतm टोलीले प्रकृया पुरा गरेर डिपिआर तयार पार्ने भनिएपनि आजसम्म यो काम अगाडी बढ्न सकेको छैन । जिल्लाको घोराही–तुल्सीपुर बीच पर्ने नारायणपुर (खैरा) को उत्तर दक्षिण भूगोललाई केन्द्र मानेर बनाइने भनिएको विमानस्थल अहिलेसम्म सम्भाव्यता अध्ययनमा नै सिमित रहेको छ । तुल्सीपुर टरीगाउँ विमानस्थल साँघुरो भएको र त्यसलाई विस्तार गर्न सकिने ठाउँ पनि नपुग देखिएपछि नयाँ विमानस्थल बनाउने अवधारणा एकदशक अघि देखि बनेको हो । चर्चामा आउँदै सेलाउँदै गरिरहेको उतm अवधारणालाई अब सार्थक बनाउने समय आइसकेको छ ।
दाङ दक्षिण एशियाकै ठुलो उपत्यका हो । प्रकृतिको बरदान पाएको दाङ विकास र समृद्धिमा माथि उठ्नु भनेको हिरा अझ चम्किनु जस्तै हो । जिल्लामा क्षेत्रीयस्तरको विमानस्थल बन्नु भनेको यहाँको विकास स्वतः माथि उठ्नु हो । यहाँ बन्ने विमानस्थलले पहाडि जिल्लामा पर्यटन प्रर्वद्धनमा ठुलो सहयोग पु¥याउँछ । जिल्लाको सम्भावनालाई यसले अझ छिटो लक्ष्यमा पु¥याउनेमा २ मत छैन । विमानस्थलले सार्थकता पायो भने विशेषगरी नारायणपुर वरीपरीको क्षेत्रले धेरै अवसरहरु प्राप्त गर्नेछ । जिल्लाको पर्यटन क्षेत्र धेरै माथि उठ्ने छ । नेपालगन्ज र लुम्विनी विमानस्थल पछि दाङको विमानस्थल देशकै एउटा केन्द्र बन्न जानेमा दुईमत छैन । केही समयपछि नारायणपुरमा कार्यालय नै स्थापना गरेर धावन मार्ग निर्माण कार्य शुरु गरिने सरकारी निकायहरुले बताएको धेरै वर्ष भैसकेको छ । विमानस्थल स्थल निर्माण गर्दा हुने जग्गा अतिक्रमणको मुआब्जा दिने बारेमा सरकारले स्पष्ट बजेट र कार्यक्रम बनाउनुपर्छ । स्थानीयहरुलाई आफू बसेको जग्गा त्यतिकै जाने पो होकि भन्ने संन्त्रास पनि छ । यद्यपी तत्काल तीन किलोमिटरको धावन मार्ग निर्माण गरिने कुराले मुआब्जाको ठुलो समस्या हुँदैन । विमानस्थलका लागि स्थानीयहरुले विना विवाद उचित मुअब्जा लिएर सहजता प्रदान गर्न सकेमा अझ यसको सुनिश्चता बढेर जाने छ ।
प्रदेश राजधानी दाङमै भएको र घोराही–तुल्सीपुर उपमहानगरपालिकालाई मिलाएर बन्ने महानगरपालिकाको बीचमा बन्ने ठूलो विमानस्थल समग्र जिल्लाको विकासको एक कोशेढुंगा बन्नेमा कुनै द्धविधा छैन । र यहाँ धावन मार्गका लागि दक्षिणतिर ठूला पहाड पनि नभएका र भारतको आकाश पनि प्रयोग गर्नु नपर्ने भएपछि अझ सहज बन्न गएको छ । सरकारले छोट्टो समयमै निर्माण गर्न सम्भव भएकाले पनि नारायणपुर विमानस्थल निर्माणमा राज्यको बजेट र तदारुकता जरुरी हुन्छ । त्यतिकै चासो र पहल यहाँका नेतृत्वले पनि दिनु आवश्यक हुन्छ ।

