त्रिभुवननगर जेसीजले प्रत्येक बर्ष प्रदान गर्दै आएको। यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार–२०२४ बाट आईटिएफ तेक्वान्दोेका खेलाडी लीलाधर बस्नेत पुरस्कृत भएका छन् । राही उपमहानगरपालिका–१५ बस्दै आएका आईटिएफ तेक्वान्दोे खेलाडी तथा प्रशिक्षक बस्नेत पुरस्कृत भएका हुन ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लवमा आवद्ध बस्नेतले लामो समयदेखि आईटिफ तेक्वान्दो खेलका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक हासिल गर्दै दाङ जिल्लासहित सिंगो राष्ट्रको शिर उच्च बनाउन सफल खेलाडीलाई बर्ष उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो । बिभागीय क्लव त्रिभुवन आर्मीबाट डेढ दशक बढी समय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका बस्नेतले २० स्वर्ण, पाँच रजत र एक काश्य पदक जितेका छन् ।

को हुन लीलाधर बस्नेत

आईटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक लीलाधर बस्नेतको परिचय
आईटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक लीलाधर बस्नेत २०४३ साल बैशाख १० गते बुधवारका दिन बुबा टिकाराम बस्नेत र आमाको सरस्वती बस्नेतको जेष्ठ सुपुत्रका रुपमा तुलसीपुर उपमहानगरपालिका–१४ (साविक डुरुवा गाविस वडा नं. ३ लुहारडवरा) मा जन्मनुभएको थियो ।

उहाँका दिदी तिर्था वली र भाई नारायण बस्नेत रहनुभएको छ । विभिन्न घरायासी समस्या कारण २०५० सालमा बसाईसराई गरेर घोराही उपमहानगरपालिका ५ नैनवार (साविक धर्ना गाविस वडा नं. ७ ) आउनुभएको थियो । उहाँको बाल्यकाल नैनवारमै बिताउनुभयो । प्राथमिक शिक्षा गाउँमै रहेको श्री हरिओम प्राथमिक विद्यालयबाट सुरु भयो । उक्त कक्षा ५ सम्म अध्ययन गर्नुभएका बस्नेतले ६, ७ र ८ कक्षा महेन्द्र माध्यामिक विद्यालय बसन्तापुरमा गर्नुभएको थियो । तत्कालिन सरकार र माओवादी सशस्त्र द्वन्द्वका क्रममा बुबाआमासँगै घोराही बजार आउनुभएका बस्नेतले घोराही उपमहानगरपालिका १४ बालमन्दिरबाट खेल सिक्न थाल्नुभएको थियो ।

हाल घोराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा बस्दै आउनुभएका बस्नेत सानैदेखि खेल क्षेत्रमा रुचि राख्नुहुन्थ्यो । तर गाउँघरमा खेल सिक्ने र खेल्ने बातावरण थिएन । घोराही आइसकेपछि माध्यामिक विद्यालय रझेनामा अध्ययन सुरु गर्नुभयो । त्यही क्रममा साथीबिच कुराकानीका क्रममा विहानी समयमा सेतो ड्रेस लगाई बालमन्दिर वरपर दौड्दै खेलेको देख्दा उहाँलाई त्यस दृष्यले आकर्षित ग¥यो । सुरुमा उहाँलाई त्यो खेलका बारेमा समेत थाहा थिएन, तर त्यही दृष्यले खेलप्रति आकर्षितसँगै खेल्ने बातावरण सिर्जना ग¥यो । त्यसको करिव डेढ महिनापछि आफै सेतो कपडा लगाएर खेल्न थाल्नुभयो । तर उहाँको बल्याक बेल्ड लिने सपना बिच बाटोमै रोकियो । र, त्यही क्रममा २०६२ सालमा नेपाली सेनामा भर्ना हुन पुग्नुभयो । करिव नेपाली सेनामा दुई बर्ष सेवा गरिसकेपछि खेल्ने बातावरण सिर्जना भयो । सामान्य परिवारमा जन्मनुभएका बस्नेतलाई खेल्न गर्ने बाल्यकालमा त्यती सहज थिएन । घरको कामसँगै पढ्नुपर्ने बाध्यताका कारण उहाँले खाली समयमा मिलाउँदै सिक्ने गर्नुहुन्थ्यो । तर नियमित प्रशिक्षणमा जोडिएपछि सहज बन्दै गयो ।

क्तपुर सुर्यबिनायकमा कार्यरत रहेको समयमा प्रथम प्रधान सेनापति कप प्रतियोगितामा सहभागी भएर आफ्नो खेल कौशल्ता प्रदर्शन गर्ने अवसर मिल्यो । उहाँले त्यस क्रममा २०६५ सालमा आफ्नो बल्याक बेल्ट लिने सपना पनि पुरा गनुभयो । त्यही खेल क्षमताले लामो समयपछि २०६५ सालमा काठमाडौंमा हुन थालेको पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर जु¥यो । तर राजनीतिक कारणले गर्दा उक्त प्रतियोगिताबाट नेपाली सेनाले सवै खेलाडीलाई फिर्ता बोलाई प्रतियोगिता बहिष्कार गर्दा प्रतिष्पर्धा गर्न पाउनु भएन् । तर सेनाभित्रै रहेर आफ्नो खेल क्षमता विकास गर्दै अघि बढ्यो ।

त्यही क्रममा २०६६ सालमा पाल्पामा भएको प्रथम मनमोहन स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पहिलो पटक सहभागी भएर प्रतिष्पर्धा गर्ने अवसर प्राप्त गर्नुभयो । जुन प्रतियोगितामा रजत पदक जित्न सफल हुनुभयो । त्यसको लगत्तै २०६७ सालमा बिराटनगरमा सञ्चालन भएको छैठौ जनरल चोइ स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गेल्डमेडल जित्न सफल हुनुभयो । दोश्रो प्रयासमै गोल्डमेडल जितेपछि उहाँलाई खेल क्षेत्रमा अघि बढ्न थप हौसल्ला प्रदान गु¥यो र त्यसपछि पछाडी फर्केनु परेन । नेपाली सेनामा कार्यरत रहदा बस्नेतले करिव १६ बर्ष ३५ बढी त्रिभुवन आर्मी क्लवबाट विभागीय, राष्ट्रिय र अन्तराष्ट्रियस्तरका विभिन्न प्रतियोगताहरु खेल्नुभयो ।

त्यसक्रममा अन्तराष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण र एक रजत जित्नुभएको छ । त्यसैगरी दुईवटा एसियन प्रतियोगिता, एउटा वल्ड च्याम्पियनसिपमा सहभागी जनासक्नुभएको छ । त्यसैगरी राष्ट्रिय प्रतियोगितामा २० स्वर्ण, ५ रजत र एक काश्य पदक र विभागीय खेलमा १५ बढी स्वर्ण पदक जित्नुभएको छ । २०८१ साल बैशाख महिनामा नेपाली सेनाबाट अवकास प्राप्त गरेर गृह जिल्ला दाङ फर्किनुभएका बस्नेत जिल्लामा खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि रहनुभएको छ ।

दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघमा आवद्ध बस्नेतले विभिन्न स्कुल तथा डोजाङहरुमा प्रशिक्षकका रुपमा रुपमा काम गरिरहनुभएको छ । २०६१ सालमा माध्यामिक विद्यालय रझेनाबाट एसएलसी पास गर्नुभएका बस्नेतले खेलकुदसँगै प्लस टुसम्म अध्ययन गर्नुभएको छ । २०६८ सालमा घोराही निवासी झकमा विष्टसँग बैबाहिक सम्वन्ध स्थापित गर्नुभएका बस्नेती दम्पतीबाट एक छोरा प्रणय बस्नेत हुनुहुन्छ ।

उहाँले जितेका स्वर्ण पदकहरु

१) छैठौ जनरल चोइ स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१० बिराटनगर
२) ११ औं सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१३ सर्लाही
३)े छैठौ जनरल चोइ स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१२ काठमाडौं
४) १४ औं सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१५ काभे्र
५) १५ औं सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१६ नुवाकोट
६) सातौं राष्ट्रिय खेलकुद बहृत प्रतियोगिता २०७३ पूर्वाञ्चल
७) १६ औं सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१७ नेपालगंज
८) १७ औं सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१८ नुवाकोट
९) २० औं सिनियर एण्ड जुनियर स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२० रामेछाप
१०) आठौं राष्ट्रिय खेलकुद बहृत प्रतियोगिता २०७६ लुम्बिनी प्रदेश
११) नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ गण्डकी प्रदेश
१२) दोश्रो दक्षिण एशियाली आईटिएफ तेक्वान्दो प्रतियोगिता २०११ काठमाडौं
१३) चौथो दक्षिण एशियाली आईटिएफ तेक्वान्दो प्रतियोगिता २०१५ मा रजत पदक भारतको दिल्ली ं
१४) आठौं एशियन आईटिएफ तेक्वान्दो प्रतियोगिता २०१६ चाइनामा सहभागी
१५) २१औं आईटिएफ तेक्वान्दो वर्ड च्याम्पियनसिप २०१९ बुलगेरिया

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *