घोराही १६ दाङ , सचेतनाको बिकास र समयको गतिसगँ सामाजिक रुपान्तरणको गति पनि दुर्त रुपमा भएको पाईन्छ। हाल देशको राजनितिक अबस्था दलहरुका नेताहरुको चरित्र र युवाहरुको त्यो मर्मस्पर्शी कारुणिक चिच्याहटले मलाई निकै भाव विव्होल बनाउछ। लामो समयदेखि यो देशले निकास पाउन सकेन बिकास पाउन सकेन धेरै सम्भावनाहरु भए तापनि विकासले गति लिन सकेन अतः देश गम्भीर अवस्थातर्फ धकेलिन थाल्यो। देशको शासन सत्ता चलाउने बिभिनन्न दलहरु तथा दलका नेताहरुले कहिल्यै पनि देश र जनताको बारेमा सकारात्क सोच र बिचार राख्न सकेनन् उनिहरुले सधै भोलि म र मेरो पार्टी के हुने होला भन्ने मात्र सोचे तर भोलि हामि र हाम्रो देश कता जाने होला ? के हुने होला ? भनी सोच्न सकेनन्। नेताहरुको यस किसिमको गलत प्रबृत्तिप्रतिमा म पटक्कै सहमत छैन।
आखिर विभिन्न समयमा देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनितीक परिबर्तनका लागि थुप्रै क्रान्ति, संघर्ष, भए र कागजमा, नेताहरुको बोलिमा भाषण परिवर्तन भए तर त्याग, वलिदान र समर्पण गरेका जनताहरुको दुख र जिवनस्तरमा परिवर्तन कहिल्यै भएन।अतः पुनः नेताहरूले जनताको आँखामा भ्रमको छारो हालि आफुहरुले पनि ब्यक्तिगत स्वार्थ पूरा गर्न तर्फ लागेको हो भने वास्तवमा उनिहरुको यो स्वार्थी प्रबृत्तिप्रति मेरो गहिरो असन्तुष्टि छ। अर्को रह्यो हामी जनता र युवा जनशक्ति पनि कतिन्जेल आलोचना र गुनासोको भारी बोकेर देशमा केही सम्भव छैन भनेर बिदेश पलायन हुने ? नेपालमा सम्भावना, अवसर छैन भन्ने भ्रममा कदापि नपरौ नेपालमा अवसरको कमि छैन अवसर हेर्ने आँखा खोजौ। के सधै देश र नेताबाट सबै आशा र अपेक्षा लिने ? हामी पनि देशमा केही गर्न र दिन सिकौ । बेतुकका हल्लाको पछि नलागि झुट केलाएर सच्चाई खोज्ने गरौ हल्लामा नरमाऊँ। म, ऊ, त्यो होइन हामी भन्ने हातेमालोको भाब बोकेर एक आपसमा परिपुरक बनेर देश र राष्ट्र निर्माणमा जुटौँ । जय देश

