घोराही / अघिल्लोबर्षदेखि क्रमश शैक्षिक सुधारका अभियान सञ्चालन हुँदै आएको र कक्षा उन्नती प्रकृया(परिक्षामा स्वतह पास हुने अबस्था) अहिलेदेखि रोकिएको पनि शिक्षक अभिभाबक संघका अध्यक्ष कुवरले बताए ।
अन्य सरकारी विद्यालयहरु भन्दा फरक तरिकाले अध्यापन तथा व्यवस्थापन गरेकाले पनि यो बर्ष बिद्यार्थी थपिने निमित्त प्रअ वलिले बिश्वास ब्यक्त गरे । नयाँ शैक्षिक शत्रलाई लक्षित गरेर गणित र बिज्ञानलाई लक्षित गर्दै निजि स्रोतमा शिक्षकको बिज्ञापन गर्ने र रिक्त लेखापालमा पनि बिज्ञापन गर्ने बिब्यसले निर्णय गरेको छ । साथै विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान सँगसँगै जीवनउपयोगी, व्यवहारिक शिक्षामा समेत ध्यान दिएको वलिको भनाई छ । सो अवसरमा निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका वलिलाई बिब्यस अध्यक्ष भट्टराई, शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर, निबर्तमान प्रअ ज्ञानेन्द्र गौतमसहित बिब्यस सदस्य, शिक्षक अभिभाबक संघका सदस्य, शिक्षक तथा कर्मचारीहरुले सामुहिकरुपमा टिकासहित फुल माला लगाईदिएर बधाईसहित कार्यकाल सफलताको कामना गरेका थिए ।

