घोराही । श्री मावि सौडियारको विद्यालय व्यवस्थापन समितिको सल्लाहकारमा विभिन्न ब्यक्तिहरुलाई चयन गरीएको छ ।

विद्यालय ब्यवस्थापन समितिको बैठकले घोराही ७ सौडियार निवासि चन्द्रभानु भट्टराई, विष्णुप्रसाद पाण्डे र माधवप्रसाद न्यौपानेलाई चयन गरेको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कवरले बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइको अध्यक्षतामा बसेको बैठकले विद्यालयको शैक्षिक उन्नयनका निमित्त सल्लाह, सुझावको अपेक्षा राख्दै नव नियुक्त विद्यालय ब्यवस्थापन समितिका सल्लाहकारहरुलाई वधाइ तथा शुभकामना दिएको छ ।

त्यस्तै बैठकले घोराही उपमहानगरको बुक फ्रीडे अभियान अन्तरगत असार १४ गते शुक्रवारका दिन वृहत अभिभावक भेलासहीत बृक्षारोपण कार्यक्रम, छात्रबृत्ति वितरण, प्लस टुमा शिक्षा र ब्यवस्थापन संकायमा पठनपाठन ब्यवस्थीत, अभिभावक र विद्यार्थि, कर्मचारी, शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्य, विब्यस पदाधिकारी र सदस्यहरुलाई लक्षित गरेर वार्षिक १ सय ५० रुपैयाँ प्रतिब्यक्ति तिर्ने गरी दुर्घटना विमा गर्ने लगायतका विषयमा छलफल हुने विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलिले जानकारी दिए ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *