घोराहि, भदौ ३० । घोराही ७ सौडियारस्थित मावि सौडियारमा बृहत अभिभावक भेलासहीतको शैक्षिक विज्ञान तथा कला प्रदर्शनि हुने भएको छ । यहि असोज १ गते विद्यालयको आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशको पयर्टन, उद्योग तथा यातायात मन्त्रि प्रचण्ड विक्रम न्यौपानेले गर्ने कार्यक्रम तय भएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले जानकारी दिनु भयो । विद्यार्थिहरुका अन्र्तरनीहीत क्षमताको वाहीर प्रष्फुटन गर्न सहयोग पुर्याउने उदेश्यले विज्ञान तथा कला प्रदर्शनि कार्यक्रम गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलिले बताउनु भयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवर, विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलि,सहायक प्रधानाध्यापक दामोदर पाण्डेले विहान १० बजे मन्त्रि गुन्टुले विद्यालयमा आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय भएकाले उपस्थितीका लागि विद्यालयका अभिभावक, विद्यार्थि, टोलवासि तथा स्थानिय सरोकारवाला, बुद्धजिवि लगायत शुभेच्छुक सबैलाई आग्रह गर्नु भएको छ ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *