दाङ
मावि तुलसीपुर सेन्टरको सबैको लागि अनुकरणीय निर्णय
तुलसीपुरको एकदमै विद्यार्थि संख्याको हिसावले साह्रै कमजोर विद्यालय मावि तुलसीपुर सेन्टरमा आजभोलि विद्यार्थिको चाप ह्रवात्तै बढेको छ । शैक्षिक क्षेत्रमा लामो अनुभव संगाल्नु भएका विद्यालयको प्रधानाध्यापक पदको दोस्रो कार्यकाल सुरुवात गर्दा भागवत पौडेल सरले विद्यालयको हितमा केही कठोर निर्णय पनि गरेको सार्वजनिक गर्नु भयो । आफैले सामुदायिक विद्यालयमा पढाउने शिक्षक, कर्मचारी, विब्यस, शिक्षक अभिभावक संघका पदाधिकारीहरुले आफ्ना वाल वच्चा विद्यालयमा भर्ना गर्ने निर्णय गरेर मावि सेन्टर तुलसीपुरले सबैको मन जित्न सफल भएको छ भने अर्को कुरा दाङभरी सामुदायिक विद्यालयहरुलाई सकारात्मक दृष्टीकोण निर्माण गर्न सफल भएको छ । त्यतिमात्रै होइन् एक स्टेप अघि बढ्दै मावि सेन्टरले त्यहा भर्ना गर्न नसक्ने शिक्षकहरुलाई सरुवा भएर अनेत्र जाने पनि वाटो खुला गरेको छ । यसो भन्दै गर्दा यो कठोर निर्णय गर्दा केहीलाई समस्या पार्ला । तर, स्कुलको हीतमा एकदमै जायज निर्णय हो । भोलिका दिनमा आफु त्यो विद्यालयमा रहदा वा जागीरको अवकाशकोक्रममा ति कुराहरुको समीक्षा हुनेछन् । त्यसैले आफ्नो कार्यकालमा कसैले भनेर, निर्देशन दिएर निर्णय गर्ने होइन कि, राम्रो निर्णय गर्न विब्यस, शिक्षक अभिभावक संघ, विद्यालयका शिक्षक, शिक्षीका, कर्मचारी सक्षम छन भन्ने दृष्टान्त प्रस्तुत गरीएको छ। विद्यालयको कमाण्डर अर्थात विद्यालयको प्रधानाध्यापक आफु सही, निर्णय गर्ने क्षमतासहीत कुशल नेतृत्व गर्दै आफुले बनाउने योजना, सोच, कार्यक्रमले निश्चय नै विद्यालयलाई समुदायको मन जित्न अत्यन्त सहज हुन्छ । यसैक्रममा मावि सौडियार विद्यालयले पनि विद्यालयमा पढाउने शिक्षक, विब्यस, शिक्षक अभिभावक संघका सदस्यहरुलाई आफ्ना वाल वच्चा आफुले पढाउने विद्यालयमा भर्ना गर्ने र अरुलाई पनि साथसाथै लिएर जाने निर्णय पनि गरेको छ । एउटा राम्रो सोच, योजनाले पनि विद्यालय राम्रो बन्न सक्छ भन्ने भावना विकास हुँदैछ । त्यस्तै घोराहीको कुनै वेला अत्यन्तै कमजोर विद्यार्थि संख्या रहेको वेला तत्कालिन समयमा प्रावि तहका शिक्षक राजेन्द्र श्रेष्ठले मावि वाल विकासको लामो समय प्रधानाध्यापकको नेतृत्व गर्दै एउटा प्रणालिको ेरुपमा विकास गरेर अहिले विद्यार्थि संख्या अटाइ नसक्ने बनाउनु पनि चानचुने कुरा होइन् । त्यसमा अहिलेका प्रधानाध्यापकलाई पनि विद्यालयको हितलाई ध्यानमा राख्दै विद्यालयको गुणस्तर अझै राम्रो बनाउने थप चुनौति छदैछ । सोही कुरालाई ध्यानमा राख्दै त्यहाको विब्य, प्रधानाध्यापक, शिक्षक सबैले त्यहा कार्यरत सबैले आफ्नो वाल वच्चा भर्ना गर्ने निर्णय गरीएको छ । यो राम्रो र उत्साहीत निर्णय हो । यही किसिमको निर्णय सबै सामुदायिक विद्यालयले गर्न जरुरी छ ।

