दाङ, पौष ६ । दाङको घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा आज आइतबारदेखि खेलकुद सप्ताह शुरु भएको छ ।
विद्यार्थीहरुलाई खेलकुदप्रती जागरुक बनाउन र उनीहरूमा रहेको क्षमतालाई उजागर गर्नका लागि कलेजको वार्षिक कार्यक्रम अनुसार खेलकुद कार्यक्रम शुरु गरिएको कलेजका कलेज प्रमुख लालमणी बसेलले जानकारी दिनुभएको छ ।
खेलकुद सप्ताहमा हाजिर जवाफ,चेस, कपर्दी, ब्याडमिन्टन, फुटबल, भलिबल, क्रीकेट, फुटसल, तातोआलु,डोरी तान्ने प्रतियोगिता लगायतका खेल समावेस गरिएको छ । प्रतियोगितामा विद्यार्थीहरुले कक्षागत समूह बनाएर भाग लिएका छन । खेलकुद सप्ताह आगामी शनिबारसम्म चल्ने छ ।
खेलकुद सप्ताहको आइतबार एकबिच शुभारम्भ गरिएको छ । क्याम्पस प्रमुख लालमणी बसेलको सभापतित्वमा भएको कार्यक्रम कार्यक्रममा कलेजका कोर्डिनेटर प्राध्यापक कृष्ण बहादुर केसी, कलेजका रिसर्च कोर्डिनेटर प्राध्यापक नौला बहादुर खड्का,कलेजका पूर्व प्रमुख बामदेव लामिछाने,परिक्षा कोर्डिनेटर सन्दीप न्यौपाने, प्राध्यापकहरु यज्ञ केसी, कुमारराज श्रेष्ठ, निर्मल गौतम,श्याम कुमार आचार्य, कमल रेग्मी, सुरज गुप्ता, नबिनकुमार गौतम लगायतकाले बक्ताले खेलकुद सप्ताहले गुणस्तरीय शिक्षासगै विद्यार्थीको अतिरिक्त क्षमता बिकासमा महत्त्वपूर्ण सहयोग पूर्याउने बताउनुभयो ।
यसैबिच खेलकुद सप्ताहको पहिलो दिन आज हाजिरी जबाफ प्रतियोगिता सप्पन्न भयको छ । जसको सन्चालन प्राध्यापक यज्ञ के .सि. ले सन्चालन गर्नुभयको थियो।
बिबिएस र एमबिस कार्यक्रम संचालनमा रहेको मार्क इन्टरनेसनल कलेजले दाङकै पुरानो र लोकप्रिय कलेजका रुपमा आफूलाई स्थापित गरेको छ ।

